टोयोटाले कर वृद्धिका कारण भारतमा कारोबार विस्तार रोक्यो «

टोयोटाले कर वृद्धिका कारण भारतमा कारोबार विस्तार रोक्यो

नयाँ दिल्ली-भारतमा अधिक करका कारण यहाँ कारोबार थप विस्तार नगर्ने जापानी मोटर कम्पनी टोयोटाले जनाएको छ । कम्पनीको यो कदम मोदीका लागि झट्का मानिएको छ । उनी विश्वव्यापी कम्पनीलाई फकाएर भारत ल्याउने प्रयासमा लागि रहेका छन् ।
सरकारले प्रोत्साहन दिने
यो विषयको बारेमा जानकारहरुले गत सातानै बताएको रिपोर्टमा उल्लेख गरिएको छ । सरकारले कम्पनीहरुलाई म्यानुफ्याक्चरिङ प्लान्ट बनाउन २३ अर्ब डलरको प्रोत्साहन दिने योजना बनाएको थियो । भारत विश्वकै चौथो ठूलो कार बजार हो । तर, अटोमोबाइल कम्पनीहरुले आफ्नो कारोबार विस्तार गर्न लगातार कठिनाइको सामना गर्नु परेको बताउदै आएका छन् ।
धेरै करबाट क्रुद्ध
टोयोटाको भारतीय एकाई टोयोटा किर्लोस्कर मोटरका उपाध्यक्ष शेखर विश्वनाथनले सरकारले कार र मोटरसाइकलमा बढी कर लगाएको र यसबाट कम्पनीले आफ्नो व्यापार बढाउन कठिनाईको सामना गरेको बताएका छन् । उनले भने,“धेरै करका कारण गाडि प्रयोगकर्ताको पहुँचबाट पर हुनेछ । यसको अर्थ कारखानमा काम हुदैन र रोजगारी पनि सिर्जना हँुदैन ।”
भारतमा धट्यो बिक्री
टोयोटाले भारतमा १९९७ मा कारोबार सुरु गरेको थियो । टोयोटाको भारतीय एकाईमा कम्पनीको हिस्सेदारी ८९ प्रतिशत छ । फाडाको आंकडा अनुसार २०२० को अगस्टमा घरेलू वहान बजारमा टोयोटाको हिस्सा २.६ प्रतिशत रहेको थियो । जुन १ वर्ष अगाडि सम्म ५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्