Logo

चीनले पानी जहाजबाट अन्तरिक्षमा पठायो ९ उपग्रह

बेइजिङ-चीनले पीत सागरमा पानी जहाजबाट अन्तरिक्षको कक्षमा ९ उपग्रह सफलतापूर्वक पठाएको छ । यो समुद्र आधारित दोस्रो मिसन हो । लंग मार्च–११ परिवारको १० औं सदस्य लंग मार्च ११ एचवाई २ लाई मंगलबार विहान ९ बजेर २२ मिनेटमा देबो तीनबाट प्रक्षेपित गरेको चाइना डेलीले जनाएको छ ।
देबो तीन जहाजको स्वचालित माथिल्लो हिस्सा हो, जसम मिसनका लागि परिवर्तन गरिएको थियो । ९ उपग्रह जिलिन–१, गाओफे ०३– समूहसँग सम्बन्धित छ । समाचारका अनुसार करिव १३ मिनेटपछि ५३५ किलोमीटरको यात्रा तय गरेपछि यसबाट ९ जिलिन–१ उच्च रिजोलुसन पृथ्वी अवलोकन उपग्रहलाई कक्षमा स्थापित गरिएको थियो । तीन उपग्रहले भिडियो लिन्छन् र ६ ले फोटो लिनेछन् ।
सबै उपग्रह जिलिन प्रान्तको चांगचुनको चांगगुआन स्याटेलाइट टेक्नोलोजीले विकसित गरेको र प्रत्येकको वजन करिव ४२ किलोग्राम रहेका छन् । यी उपग्रहले वन, भूमि संसाधन र पर्यावरण संरक्षण जस्ता क्षेत्रमा उपयोगकर्तालाई रिमोट–सेन्सिङ सेवा उपलव्ध गराउने समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्