खडेरीपीडित ८ सय ५४ घरलाई राहत वितरण «

खडेरीपीडित ८ सय ५४ घरलाई राहत वितरण

तेह्रथुमको पश्चिमी क्षेत्रमा पर्ने तमोर नदीसँगै जोडिएका सुख्खाग्रस्त गाउँका खडेरीपीडित किसालाई राहत प्रदान गरिएको छ । छथर गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का ८ सय ५४ परिवारलाई एक कार्यक्रमका बीच राहत प्रदान गरिएको हो । प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त रुपमा राहत प्रदान गरेको छथर गाउँपालिकाले जनाएको छ ।
प्रदेश सरकारबाट ५ हजार र स्थानीय सरकारबाट २१ सय ४० गरी प्रतिपरिवार ७ हजार १ सय ५० रुपैयाँकाँ दरले राहत वितरण गरिएको हो । प्रदेश नम्बर १ का सदस्य लक्ष्मण तिवारी र छथर गाउँपालिका प्रमुख सन्तोष तिगेलाले खडेरीपीडितलाई राहत रकम प्रदान गरेका थिए । खडेरीका कारण बालानाली सखाप भएसँगै पीडित बनेको यहाँका स्थानीयबासीलाई थोरै भए पनि सरकारको उपस्थिति भएको महसुस गराउनका राहात प्रदान गरिएको प्रदेश नम्बर १ का सदस्य तिवारीले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोको संयोजकत्वमा गठन भएको खडेरीपीडित राहत समितिले अध्ययन अनुगमन गरेसँगै तत्कालीन राहतको रुपमा स्थानीयलाई नगद वितरण गरिएको हो । सुख्खागस्त क्षेत्रका बासिन्दाका समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले डिपबोरिङ प्रविधिबाट केही हदसम्म खानेपानी आपूर्तिलाई सहज बनाएको जिल्ला समन्वय समितिका अध्यक्ष शिव ढुंगानाले बताए ।
गाउँपालिकाका ८ सय ५४ घरपरिवारलाई एकैसाथ ६१ लाख ६ हजार १ सय रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

प्रतिक्रिया दिनुहोस्