प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल «

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल

निर्जीवन बिमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अग्रवालले बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँबाट पद तथा गोपनीयताको शपथग्रहण गरी कार्यभार सम्हालेका छन् ।
भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारणसभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो । अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप सम्बद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्