खतिवडा मन्त्रीसरहको विशेष आर्थिक सल्लाहकार «

खतिवडा मन्त्रीसरहको विशेष आर्थिक सल्लाहकार

सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार खतिवडाले मन्त्रीसरह सेवा सुविधा पाउनेछन् । यसअघि ६ महिना बिनासांसद अर्थमन्त्री रहेका खतिवडा त्यसअघि भने राष्ट्रियसभाको दुई वर्षे कार्यकाल अवधिभर मन्त्री रहेका थिए । पार्टीको आन्तरिक राजनीतिका कारण राष्ट्रिय सभामा पुनः मनोनित हुन नसकेपछि उनी १० दिनअघि मात्र अर्थमन्त्रीबाट राजिनामा गरी मन्त्रिपरिषद्बाट बाहिरिएका थिए । हाल अर्थमन्त्री पद प्रधानमन्त्री ओलीले नै सम्हालिरहेका छन् भने गत साता निजी क्षेत्रसँग प्रधानमन्त्रीको भेटघाटमा पनि खतिवडा सहभागी थिए । यता, सरकारले खतिवडाको स्थानमा नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्