प्रदेश सरकारलाई सिर्जनाको ११ लाख सहयोग «

प्रदेश सरकारलाई सिर्जनाको ११ लाख सहयोग

विराटनगर- सिर्जना फाइनान्स लिमिटेडले प्रदेश–१ सरकारलाई ११ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई फाइनान्सका अध्यक्ष सुयष प्याकुरेलले ११ लाखको चेक हस्तान्तरण गरे । सामाजिक उत्तरदायित्व कोषअन्तर्गत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पु¥याउन सिर्जना फाइनान्सले सहयोग गरेको हो ।
मोरङ, सुनसरी र सप्तरी ३ जिल्ला कार्यक्षेत्र बनाएर फाइनान्सले वित्तीय कारोबार गर्दै आएको छ । कार्यक्रममा सञ्चालक सुवास आचार्य, डा. प्रमोदकुमार झा, राजीवकुमार मिश्र, विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख भवानीशंकर चापागाञी र प्रभाकरकुमार देवकोटाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्