Logo

मोदी गाउँपालिकाको ‘हेल्लो मोदी’ कल सेवा सुरु

पर्वत-जनाताका गुनासो सुन्न पर्वतको मोदी गाउँपालिकाले स्थानीय तहहरूमा ‘हेलो मोदी गाउँपालिका’ कल सेन्टर सुरु गरेको छ ।
मोदी गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी, जनप्रतिनिधि, सेवा प्रवाह तथा विकास निर्माणको सम्बन्धमा स्वदेश एवं विदेशमा रहेका मोदी गाउँपालिका बासिन्दाको गुनासो र सुझाव लिनका लागि उक्त कल सेन्टर सञ्चालन गरिएको हो । यसअघि संघीय सरकार र प्रदेश सरकारले कल सेन्टर सञ्चालन गरेको भए पनि स्थानीय तहमा यो पहिलो अभ्यास भएको गाउँपालिकाले दाबी गरेको छ ।
कल सेन्टरमा प्राप्त हुने विभिन्न किसिमका जनगुनासो र सुझावहरूको उचित सुनुवाइ गर्न तथा गाउँपालिकाबाट हुने नितिगत निर्णय, कार्य सञ्चालन स्थितिको सम्बन्धमा जानकारी लिई सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी एवं गुणस्तरीय बनाउनका लागि हेलो मोदी गाउँपालिका कल सेण्टरको स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए ।
मोदी गाउँपालिकाबाट कुनै जानकारी लिन चाहेमा वा सुझाव र गुनासो गर्न चाहेमा नागरिकले विभिन्न माध्यमको प्रयोग गर्न सक्नेछन् । नागरिकले कार्यालयमा रहेको गुनासो पेटिकामा लिखित रूपमा गुनासो पेस गर्न सक्नेछन् भने ‘हेलो मोदी’ गाउँपालिकाको सम्पर्क नम्बर ९८५७६६६२११ मा एसएमएस (म्यासेज) गरेर पनि जानकारी लिन सक्ने भएका छन् ।
त्यसैगरी हेलो मोदी गाउँपालिकाको इमेल ठेगाना जभिियmयमष्चm२नmबष्।िअयm मा पनि आवश्यक सुझाव, सल्लाह, प्रतिक्रिया र जानकारी लिन दिन सकिने भएको छ । मोदी गाउँपालिकाको अफिसियल फेसबुक पेज mयमष्।उबचदबत मा रहेको सेन्ड बटनमा क्लिक गरेर पनि इमेलमार्फत सल्लाह, सुझाव एवं जनगुनासो पठाउन सकिने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले जानकारी दिए । इमेल एवं लिखित माध्यमबाट गुनासो पठाउँदा नागरिकले आफ्नो परिचय खुलाएर पठाउनसमेत पालिकाले आग्रह गरेको छ । हेलो मोदी गाउँपालिकामा आएका जनगुनासोको सुनुवाइ गाउँपालिकाले प्रकृति हेरेर यथासक्य छिटो गर्ने व्यवस्था मिलाउने क्षेत्रीले बताए ।
गाउँपालिकाले हरेक १५ दिनको बिहीबार पूर्वजानकारी गराई मोदी गाउँपालिकाको आधिकारिक फेसबुक पेजमार्फत ३० मिनेटको फेसबुक लाइभमार्फत जनगुनासो एवं सल्लाह सुझावको उचित सुनुवाइ गर्ने जनाएको छ । फेसबुक लाइभमा गाउँपालिकाका आधिकारिक एवं जिम्मेवार व्यक्तिको उपस्थिति गराइने भएको छ ।
नागरिकहरू गाउँपालिकाको कार्यालय वा वडा कार्यालयमा आउँदा कहिले जनप्रतिनिधि नहुने त कहिले कर्मचारी नहुने समस्याका कारण आफ्नो गुनासा राख्न नपाउने समस्या अन्त्य गर्न यस्तो सेवा सुरु गरिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्