सनराइज बैंकको ग्रिनपिन सेवा सुरु «

सनराइज बैंकको ग्रिनपिन सेवा सुरु

सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको छ ।
यस सेवाको सुरु भएसँगै बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंककोे एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएसमार्फत ग्रिनपिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबइलमै पिन जाने हुँदा यो सुविधा पहिले भन्दा अझै सुरक्षित हुने बैकको बिश्वास छ ।
कागजी पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखामार्फत पिन सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्