आन्दोलनको रुपमा देशभर यातायात चल्ने «

आन्दोलनको रुपमा देशभर यातायात चल्ने

बारा- सञ्चालक र मजदुरहरुले असोज १ गतेदखि सार्वजनिक यातायात ञ्चालन गर्ने भएका छन् । कोरोनाको नाममा लामो समयदेखि यातायातका साधन थन्क्याएर राख्नुपर्दा सरकाले त्यसको औचित्य पुष्टि गर्न नसकेको भन्दै आन्दोलनको रुपमै भएनि सार्वजनिक यातायाता सञ्चालन गर्ने जनाएको हो ।
“सरकारले हाम्रो बारेमा केही सोचेन, अब हामी आफनो बारेमा आफैं सोचेर असोज १ देखि देशभर सार्वजनकि सवारी साधन सञ्चालनमा ल्याउँछौं” राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, “मजदुरले नै सवारी सञ्चालन गर्न थन्क्याएर राखेका सवारीसाधन मर्मत गर्न थालेका छन् ।”
यातायात क्षेत्र प्राविधिक विषय भएकाले यसको क्षतिको तथ्यांक सार्वजनिक गर्न सरकारले सरोकारबाला र प्राविधिकसहितको समिति गठन गरेर काम थाल्नुपर्ने उनले कताए । महासचिव सिटौलाले करिब १० खर्ब लगानी रहेको यो क्षेत्र कोरोना महामारीका नाममा लामा समयदेखि बन्दक भएकाले बाध्य भएर सवारी साधन सञ्चालन गर्ने निर्णयमा पुगेको बताए ।
सार्वजनिक सवारीमा देशभर ११ लाख मजदुर प्रत्यक्षरुपमा संलग्न छन् भने उनीहरुसँग ४५ लाख परिवार आश्रित रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्