पिकअप फोटोन टुनल्यान्ड–ई र भ्यूसीएस२एल भ्यान सार्वजनिक «

पिकअप फोटोन टुनल्यान्ड–ई र भ्यूसीएस२एल भ्यान सार्वजनिक

नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियलले टुनल्यान्ड–ई पिकअप र भ्यान भ्यू–सीएस२एल भ्यान सार्वजनिक गरेको छ ।
फोटोनको नयाँ टुनल्यान्ड–ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाईड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको छ । जसले ३६०० आरपीएममा अधिकतम ८५ किलोवाट बराबरको पावर र १६००देखि २४०० आरपीएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्छ ।
टुनल्यान्ड–ईको कार्गो बक्सको आकार १.५२ मिटर बाई १.५८ मिटर बाई ०.४४ मिटर छ । साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर छ ।
यात्रुको आरामका लागि टुनल्यान्ड–ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विशबोन क्वाइल स्प्रिङ) र पछाडि शक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ ।
सुरक्षाका लागि यसमा डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ लगायतका फिचर्स समावेस गरिएका छन् ।
त्यस्तै यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एअर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यु मिरर विषेशता छन् ।

कम्पनीले यसको मूल्य ५९ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । ‘टुनल्यान्ड–ईमा विश्वप्रसिद्ध ब्रान्डको पावर पर्फर्मेन्स र रिलायबिलिटी र ओरिजिनल रोबस्ट डिजाइनको बेजोड मिलन रहेको फोटोन नेपालका सेल्स हेड नविन आचार्यले बताए ।
“हामीलाई विश्वास छ यसले फैलदो पिकअप बजारको मागलाई सम्बोधन गर्नेछ,” उनले भने । टुनल्यान्ड ईसँगै एमएडब्लु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ ।
यसमा लगाइएको २.८ लिटरको कमिन्स् इन्जिनले ३ हजार ६ सय आरपीएमा अधिकतम १ सय १० किलोवाट पावर र ३ हजार आरपीएममा ३ सय ३० एनएम टर्क उत्पन्न गर्छ । जुन प्रतिस्पर्धी मध्येकै सबैभन्दा बढी हो ।
यसमा भ्यु सीएसएलमा डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइटलगायतका फिचर्स समावेश छन् ।
यसमा नयाँ भ्यू–सीएसमा पावर स्टेरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यू–सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ ।

यो भ्यानको मूल्य प्रतिस्पर्धी १६ सिट क्षमताको भ्यानको भन्दा कम भए पनि यसले दुई गुणासम्म बढी आम्दानी दिने आचार्यको दावी छ । नयाँ पिक र भ्यानले कमिर्सियल भेहिकलको मागलाई सम्बोधन गर्ने कम्पनीको अपेक्षा छ ।
“हामीलाई विश्वास छ विश्वासनीय र सस्तो भ्यू–सीएस२एलले हालको १६ सिट क्षमताको बजारलाई १९ सिट क्षमताको भ्यानमा परिणत गर्नेछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्