केही वर्षमै विश्वकै ठूलो अर्थतन्त्र बन्दै चीन «

केही वर्षमै विश्वकै ठूलो अर्थतन्त्र बन्दै चीन

बेइजिङ-केही वर्षको अवधिमा चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने र उसले अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण रुपान्तरण गर्न लागेको छ ।
कोरोनाभाइरसको महामारीले तहसनहस बनाएको विश्व र अमेरिकासँगको तनावका कारण चिनियाँ सरकारले आफ्नो अर्थतन्त्रलाई उकास्नका लागि नयाँ ब्याचको नीति ल्याएको छ । यो ‘दोहोरो वितरण’ को फराकिलो छाताको मातहतमा हुने छ । यो वाक्यांसले आर्थिक गतिविधिको दुई परिधीलाई सम्बोधन गर्छ– आन्तरिक र बाह्य । यसले यो भन्दा पहिलेको तुलनामा स्वदेशमै गरिने व्यवसायलाई बढी जोड दिएको छ ।
‘दोहोरो वितरण’ ले बेइजिङको आर्थिक नीतिमा महत्वपूर्ण परिवर्तन प्रतिविम्वित गर्छ ।
अथोरिटीले आगामी आधा दसकका लागि सार्वजनिक गर्न लागेको चीनको आर्थिक ब्लूप्रिन्ट चौधौं पञ्च वर्षीय योजनाको केही महिना अगाडि यो उच्च तहको राजनीतिक चर्चा आएको हो ।
गत केही साताहरुमा बढेको सार्वजनिक छलफलले विश्वव्यापी व्यापारका लागि केही सुझाव पनि दिएको छ ।
विशाल राज्य स्वामित्वको चिनियाँ बैंकको सहुलियतमा चलेको हङकङस्थित आइसीबीसी इन्टरनेशनलले विगतका केही साताहरुमा ‘दोहोरो वितरण’ को विषयमा श्रृंखलाबद्ध टिप्पणी गर्दै आएको छ । एक टिप्पणीले नयाँ चरणको विश्वव्यापीकरणका लागि चिनियाँ नीतिको कार्यान्वयनको बारेमा चर्चा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्