भिसा सेवा पुनः सुरु «

भिसा सेवा पुनः सुरु

अध्यागमन विभागले यही आइतबारदेखि भिसा सेवा नियमित गरेको छ । कोरोनाका कारण स्थगित गरिएको सेवा आइतबारदेखि सुरु गरिएको विभागले जनाएको छ ।
मन्त्रीपरिषद्को साउन २६ गतेको निर्णयले भिसा सेवा स्थगित गर्ने निर्णय गरेको थियो। त्यसअघि लकडाउन अवधिभर पनि भिसा सेवा बन्द थियो ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘निषेध आदेश र लकडाउनको अवधिमा भिसा समाप्त भएकाहरुको भिसा असोज ११ गतेसम्म नियमित शुल्क मात्र लिएर नवीकरण गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्