युनिक नेपाल लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल «

युनिक नेपाल लघुवित्तको निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका २७०००० कित्ता साधारण सेयर निष्काशन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १० करोड, जारी पुँजी ९ करोड, र चुक्ता पुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर निष्काशन गरी बाँडफाँट गरेपछि संस्थाको चुक्ता पुँजी ९ करोड हुनेछ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ सालमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । २०७५ सालमा नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ पुसदेखि वित्तीय कारोबार थालेको हो ।
बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले बर्दिया, कैलाली, बाँके, कञ्चनपुर, दाङ र कपिलवस्तु जिल्लाभित्र ३८ वटा शाखा कार्यालय मार्फत् ८२,८६५ विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी १ अर्ब, ७८ करोड ९८ लाख ९३ हजार रुपैयाँ बचत संकलन तथा २ अर्ब ५० करोड ४३ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह रहेको छ । आ.व.२०७६÷०७७ असार मसान्तसम्ममा ४ करोड ५ लाख खुद मुुनाफा गरेका संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्