हवाई उडान र लामो दुरीका सवारी असोज ५बाट खुला «

हवाई उडान र लामो दुरीका सवारी असोज ५बाट खुला

सरकारले आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ७ बाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।
सरकारले कोरोनाभाइरस (कोभिड–१९)को रोकथामको लागि आन्तरिक उडान चैत ११ र लामो दुरीको सार्वजनिक यातायातमा चैत १० गतेबाट रोक लगाएको थियो ।
त्यस्तै, मन्त्रीपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त रहेको १ सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनयका लागि सिफारिस गर्न निर्णय पनि गरेको छ ।
साथै, आईतबार नेपाल विद्युत प्राधिकरणको ४ वर्ष कार्यकाल पुरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको पूर्नियूक्तिको सम्बन्धमा कुनै पनि निर्णय नभएको पनि मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्