Logo

वैज्ञानिकले अझैँ फेला पारेनन् अर्को दुनियाँको प्रमाण

क्यानबेरा-हामीले बेला बेलामा एलियन देखा परेको अपुष्ट समाचारहरु संचार माध्यममा सुन्ने, हेर्ने र पढ्ने गरेका छौ । यसका आधारमा हामी प्राणी भएको अर्को संसार पनि भएको कल्पना गर्छौ । त्यसैले हाम्रो सौर्य मण्डल बाहिर जीवनको चिन्हको खोजीमा लागेका वैज्ञानिकले आधुनिक प्रविधिको सहयोग लिइरहेका छन् । तर सफलता भने हासिल भएको छैन । एलियन वा परग्रही जीवको अस्तित्वको कुरा सधै चलिरहन्छ । तर, हालसम्म यस्तो कुनै पर्याप्त प्रमाण फेला परेको छैन, जसको आधारमा यसलाई सत्य मान्न सकियोस् ।
रोयटर्सका अनुसार अस्ट्रेलियामा रेडियो टेलिस्कोपको माध्यमबाट वैज्ञानिकले एलियनको खोजीका लागि अन्तरिक्षको सबै कुनाको खोजतलास गरेका छन् । तर, उनीहरुलाई हालसम्म पनि कुनै सफलता मिलेको छैन ।

प्रतिक्रिया दिनुहोस्