ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर रोल्पाकोे घर्तीगाउँमा «

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर रोल्पाकोे घर्तीगाउँमा

ग्लोबल आईएमई बैंकले आइतबारदेखि रोल्पा जिल्लाको माडी गाँउपालिका–२, घर्तीगाँउमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ । माडी गाउँपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानीयवासीको विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी एक्सटेन्सन काउन्टरसुरु गरेको जनाएको छ । यसका साथै बैंकले आइतबारबाटै काठमाडौंको ठमेलमा थप एउटा एटीएम सेवा विस्तार गरेको भन्दै विस्तारित एटीएम सेवासँगै बैंकको एटीएम संख्या १४० पुगेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्