इजिलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रवि लामिछाने «

इजिलिंक रेमिट्यान्सको ब्रान्ड एम्बास्डरमा रवि लामिछाने

इजिलिंक रेमिट्यान्सले चर्चित पत्रकार रवि लामिछानेलाई आइतबार राजधानीमा गरिएको पत्रकार सम्मेलनबीच आफ्नो कम्पनीको ब्रान्ड एम्बास्डरमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ । लामिछानेले आफ्नो पेसालाई देशको राजनीतिक, सामाजिक, आर्थिकलगायत विविध क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिको विरुद्ध सशक्त रूपमा प्रयोग गरेका छन् ।
उनले नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन देखाएको पेसागत इमान्दारिता र निष्ठाको कदर गर्दै आफ्नो ब्रान्ड एम्बास्डर घोषणा गरेका हौं, इजिलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डिपी अर्यालले बताए । इजिलिंक रेमिट्यान्सले रेमिट्यान्सको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन मात्र नगरी बिभिन्न रोजगार सम्बन्धि निःशुल्क रोजगारमूलक सेमिनारहरूमा पनि योगदान गर्दै आएको छ ।
जापान र कोरियाबाट इजिलिंकमार्फत पठाइएको रकमबाट पठाउने व्यक्तिको नाममा १०० रुपैयाँ कर्णालीको कालिकोटमा बन्दै गरेको अस्पतालको खातामा जम्मा गरिने कुरा पनि पत्रकार सम्मेलनबीच प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्