डिशहोमको शैक्षिक च्यानल १०१ निःशुल्क हेर्न पाइने «

डिशहोमको शैक्षिक च्यानल १०१ निःशुल्क हेर्न पाइने

डिशहोमले आफ्नो १०१ नम्बरको शैक्षिक च्यानल निःशुल्क हेर्न मिल्ने बनाएको छ । डिशहोमले केही महिनादेखि शैक्षिक च्यानल सञ्चालन गरिरहेको छ । यो नम्बरको शैक्षिक च्यानल भएकाले रिचार्ज नगरेका ग्राहकले पनि हेर्न पाउने व्यवस्था मिलाएको डिशहोमका महाप्रबन्धक रमेश सापकोटाले बताए । “यो शैक्षिक च्यानल भएकाले हामीले मासिक रिचार्ज नगरेका ग्राहकले पनि डिशहोमको १०१ नम्बर च्यानल हेर्न पाउनुहुनेछ । यसले ग्रामीण क्षेत्रमा डिशहोम प्रयोगकर्तालाई सुविधा हुने विश्वास गरेका छौं,” उनले भने । अन्य च्यानल हेर्नका लागि मासिक रिचार्ज गर्नुपर्ने भए पनि यो एउटा च्यानल मात्रै हेर्न रिचार्ज गर्नैपर्छ भन्ने नभएको उनले बताए ।

डिलरदाइको डिस्काउन्ट अफरमा २५ प्रतिशतसम्म छुट
डिशहोमले फिजिकल रिचार्ज कार्डलाई विस्तारै हटाउँदै लैजाने योजनासहित अनलाइन र फन्ड ट्रान्सफरलाई प्राथमिकता दिएको छ । कम्पनीले न्यूनतम तीन महिनादेखि १२ महिनेसम्मको एकैपटक रिचार्ज गर्दा २५ प्रतिशतसम्म छुट योजना ल्याएको छ । यो योजनामा सहभागी हुने ग्राहकले अहिलेको अवस्थामा पनि डिलरदाइले घरघरमा गएर रिचार्ज गराइदिने सुविधा पनि दिएको जनाएको छ ।
बजारमा यो भन्दा अगाडि ३र४ सयको पनि रिचार्ज गर्ने चलन थियो । तर, त्यतिको रिचार्ज गर्दा कुनै छुट थिएन । अब एक हजारको रिर्चाज ग¥यो भने तीन महिनासम्म टेलिभिजन निरन्तर हेर्न पनि पाइन्छ र त्यसमा छुट पनि पाइने उनले बताए ।
“टेलिभिजन १२–१५ दिनका लागि मात्रै हेर्ने होइन, वर्षौंसम्म हेरिने हो । त्यसैले डिलरदाइको डिस्काउन्टमार्फत न्यूनतम तीन महिनाको रिचार्ज गर्दा ग्राहकलाई छोटो अवधिमा लाइन काटिने झन्झट नहुने र छुट पनि पाउनुहुनेछ । यसबाट रिचार्जको नयाँ ट्रेन्ड स्थापित गरेको छौं,” उनले भने ।
पहिला एक वर्षको रिचार्ज गर्ने प्रणालीको विकास कम्पनीले गरेको थिएन । तर, यस्तो वार्षिक रिचार्जको ट्रेन्ड भारतलगायत मुलुकमा पनि रहेको र त्यसरी रिचार्ज गर्दा ग्राहकले पनि बोनस पाउने कम्पनीले जनाएको छ । गत फागुनदेखि डिलदाइको डिस्काउन्ट भनेर ३ महिने, ६ महिने, र १२ महिने रिचार्ज योजना ल्याएको हो । त्यसरी रिचार्ज गर्दा २५ प्रतिशतसम्म छुट उपभोक्ताले पाउनेछन् ।
डिलरदाइको बाट अहिले पनि ४ सय, ५ सय वा त्योभन्दा बढी वा तीन महिना, ६ महिना, वार्षिक रिचार्ज गर्न पाउँछन् । तर, ४ सयरपाँच सयको रिचार्ज गर्दा ग्राहकले छुट भने पाउँदैनन् ।
यस्तै डिशहोमले अनलाइनमा हजार रुपैयाँबाट रिचार्ज सुरु गरेको छ । यसरी गर्दा बोनस पनि दिएको कम्पनीले जनाएको छ । तीन महिनादेखि १ वर्षसम्मको रिचार्ज गर्ने व्यवस्था मिलाउँदा डिशहोमले मासिक शुल्क बढायो भन्ने गुनासो पनि उपभोक्ताको आएको भन्दै कम्पनीले मासिक शुल्क नबढाएको स्पष्ट पारेको छ ।
डिलरदाइले बिक्रीपछिको सेवा पनि तुरुन्त दिने भएकाले देशभर करिब १० हजार डिलरदाइ राखिएको कम्पनीले जनाएको छ । तीन महिनादेखि माथिको रिचार्ज गर्ने ग्राहकको घरसम्मै डिलरदाइले सेवा दिने पनि कम्पनीले जनाएको छ । त्यसका लागि ग्राहकले कल सेन्टरमा फोन गरे बोलाए हुनेछ । तर यस्तो सुविधा ३ महिनादेखि माथि रिचार्ज गर्ने ग्राहकहरुलाई मात्रै हुनेछ ।
“एकपटकमा न्यूनतम हजार रुपैयाँको रिचार्ज गर्दा तीन महिनासम्म निरन्तर टेलिभिजन हेर्न पनि पाउने र बिक्रीपछिको सेवा पनि ग्राहकले डिलरदाइबाट तत्काल पाउन् भनेर यो योजना ल्याएका हौं, कम्पनीले भनेको छ । “हिजो पाँच सय रिचार्ज गर्दा कत्ति पनि बोनस नपाउने ग्राहकले आज हजार रुपैयाँको रिचार्ज गर्दा बोनस पनि पाउँछन् ।”
कम्पनीका अनुसार अहिले अनलाइनबाट हजार रुपैयाँ रिचार्ज गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको छ । डिशहोमको ग्राहक संख्या करिब १५ लाख घरपरिवार पुगेको छ । अहिले पनि दिनमा देशभर ३ सय नयाँ ग्राहक थपिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्