बर्जरको एटीएम अफरको विजेताहरू घोषणा «

बर्जरको एटीएम अफरको विजेताहरू घोषणा

बर्जर पेन्ट्सले आफ्ना उपभोक्ताहरूको लागि ल्याएको उपहार योजना ‘बर्जरको एटीएम अफर’ को विजेताहरू घोषणा गरेको छ । चर्चित नायक बिपिन कार्की र नायिका वर्षा राउतलाई आफ्नो क्याम्पेन एम्बासडर बनाएको यस योजना अवधिभर ६५२१ घरहरू दर्ता र २३४४ फोटोहरू दर्ता भएका थिए । विभिन्न श्रेणीमा घरधनीहरूलाई नगद रिवार्ड दिएको यस योजनामा बम्पर लक्की ड्रबाट प्रथम पुरस्कार स्वरुप पर्सा, नारायणघाटका अनमोल उपे्रतीले ५ लाख रुपैयाँ जितेका कम्पनीले जनाएको छ ।
यसैगरी, दास्रो पुरस्कार स्वरूप बिरुवा भक्तपुरका तीर्थराज चौलागाईं र कटहरी, विराटनगरका प्रमोदकुमार कामत प्रत्येकले २ लाख र तेस्रो पुरस्कार स्वरुप कञ्चनपुर, नेपालगन्जका रागबहादुर कार्की, तारानगर, नेपालगञ्जका भोजराज पाठक र ओम आश्रम, वीरगंजका विवेक रावल प्रत्येकले १ लाख रुपैयाँ जितेको कम्पनीले जनाएको छ ।
साथै अन्य १० भाग्यशाली विजेताले सान्त्वता पुरस्कार स्वरुप ३५ हजार रुपैयाँ जितेक थिए । यसैगरी, उत्कृष्ट घरधनीहरूको लक्की ड्रबाट धरानका लड्डु कार्कीले ५ लाख, तीनकुने, बुटवलको होटल तीनकुने एन्ड लजले २ लाख र धनगढीका यज्ञराज तिमिल्सिना, नवलपुर, हेटौंडाकी अंजना नेपाल र राधे राधे भक्तपुरकी अम्बिका पोखरेलले १ लाख रुपैयाँ जिते ।

प्रतिक्रिया दिनुहोस्