पोखरामा २ सय टन प्राङगारिक मल स्टक «

पोखरामा २ सय टन प्राङगारिक मल स्टक

पोखरा-बजारमा रसायनिक मलको हाहाकार हुँदा पोखराको एक उद्योगमा भने २ सय टन भन्दा बढी मल स्टक रहेको छ । मासिक २ सय टन प्राङ्गारिक मल उत्पादन गर्ने क्षमता भए पनि हाल बजारमा माग कम भएकाले मासिक ५० टन मात्र मल उत्पादन गर्न लागेकोले गण्डकी उर्जा प्रालिका सञ्चालक कुशस गुरुङले बताए ।
मूल्य र वातावरणको दृष्टिले प्राङ्गारिक मलको प्रयोग लाभदायी हँुदा हुँदै सरकारले स्वदेशमा उत्पादन हुने मललाई प्रथामिकता दिन नसक्दा आफूहरुले उत्पादन गरेको प्राङ्गारिक मल स्टक रहेर मल व्यवस्थापन गर्न कठिन भएको अवस्थामा किसानहरुले मल नपाउनु दुःखद भएको उनले गुनासो गरे ।
प्रतिकेजी ३० रुपैयाँमा बिक्री गर्दै आएको प्राङ्गारिक मल किसानलेसमेत यस मलको प्रयोग बुझ्न नसकेको सञ्चालक गुरुङले जनाए । रासानिक मलसहितको पोटाससमेत मिलाएर हाल्दा प्रतिकेजी करिब ४० देखि ५० रुपैयाँ पर्ने गरेको उनले जनाए । रसायनिक मलको प्रयोगले माटो र मानव स्वास्थ्यमा केही असर पार्ने भएकाले प्राङ्गारिक मलको प्रयोगले मानव स्वास्थ्य र जमिनमा कुनै असर नपर्ने सञ्चालक गुरुङले दावी गरे ।
पोखरा ३२ स्थित मजुवामा फोहोेरबाट मोहोर उत्पादन हुने गरी करिब एक वर्षदेखि सञ्चालनमा आएको उक्त उद्योगबाट हाल दैनिक करिब ६ सय किलो बायो ग्यास उत्पादन हुँदै आएको छ ।

रासायनिक मलको तुलनामा धेरै
पोखरा ३२ स्थित मजुवामा फोहोेरबाट मोहोर उत्पादन हुने गरी नयाँ उद्योग गण्डकी उर्जा प्रालि सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका १६ जना युवा उद्यमीबाट सुरु गरिएको उक्त उद्योगबाट हाल दैनिक करिब ६ सय किलो बायो ग्यास उत्पादन हुन थालेको प्रालिका प्लान म्यानेजर निमेशकुमार झाले बताए ।
जर्मन प्रविधिमा आधारित जर्मन, इटली, अमेरिका र भारतबाट समेत विभिन्न मेसिनसहितका निर्माण सामग्रीबाट उक्त उद्योग हालै सञ्चालनमा ल्याएको प्लान म्यानेजर झाले जनाए । ४० रोपनी क्षेत्रफलमा रहेको उद्योगले ग्यासको साथमा प्राङ्गारिक मलसमेत उत्पादन गर्ने भएको छ । उद्योग पूर्णरुपमा सञ्चालन हुँदा दैनिक १० देखि १२ टन मल उत्पादन हुने प्लानले जनाएको छ । उद्योगबाट उत्पादन भएको मल उद्योगबाट प्रति केजी १० र अन्य क्षेत्रमा पु¥याउँदा प्रतिकेजी २५ रुपैयाँ पर्ने बताइएको छ । त्यसै गरी प्रालिले कुहिने फोहोर पोखरा क्षेत्रमा नपाएका कारण हाल नवलपुरसम्म पुगेर फोहोर ल्याउने गरेको छ ।
पोखराबाट निस्कने फोहोरलाई वर्गिकरण नगर्दा र महानगरले उक्त कम्पनीलाई फोहोर दिने विषयमा चासो नदिएका कारण कम्पनीले अन्य जिल्लाबाट फोहोर ल्याउँदै आएको छ । कम्पनीले कुहिने फोहोरलाई ढुवानीसहित प्रतिकेजी एक रुपैयाँ दिने भएको छ ।
“यो प्यानमा हामी अहिले सुरुको फेजमा छौं, हाल दैनिक जसो ५÷६ सय किलो बायो ग्यास मात्र उत्पादन गर्ने सक्षम भएका छौं” उनले भने, “हामीलाई प्रतिदिन सहज ढंगबाट ४५ टन फोहोर प्राप्त भएमा दैनिक हामीले २ सय सिलिण्डर ग्यास उत्पादन गर्न सक्छौं ।”
विगत तीन महिनादेखि ग्यास उत्पादन भएसँगै ग्यासको लागि बजारको कुनै अभाव नभएको सञ्चालकको भनाइ छ । गाइको गोवर, कुखुराको सुली, प्रेसमड, कुहुने कुनै प्रकारको फलफूल तरकारी, झारपातको साथमा पानी समेत हालेर मिक्स गरी मेसिनबाट डाइजेष्टरमा पठाएर मिथानोजेन्स व्याक्टेरियामार्फत बायो ग्यास उत्पादन हुने प्यान म्यानेजर झाले जनाए । उक्त बायो ग्यास शुद्धिकरण गरी ९५ प्रतिशत मिथेन सिलिण्डरमा भरिने भएको उनले जनाए । पोखराको मणिपाल शिक्षण अस्पातल, फिस्टेल हस्पिटलको क्यान्टिन, एसआरकेसी क्याटरिङ, चाउमिन उद्योग लगायतका ठाउँमा उक्त ग्यासको प्रयोग हुन थालेको छ । उद्योगले हाल ४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
यसैबीच, गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले हालै उक्त उद्योगको अध्ययन अवलोकन गरेका छन् । प्रदेशको समृद्धिमा यस्ता उत्पादनसँग जोडिएका उद्योगको दीगोपनका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्