भोजपुरमा प्रदेश कार्यालय स्थापना «

भोजपुरमा प्रदेश कार्यालय स्थापना

भोजपुर- भोजपुरमा प्रदेशसभाको मातहतमा सञ्चालन हुने गरी दुई कार्यालय स्थापना गरिएको छ । पूर्वाधार विकास कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्थापना गरिएको हो ।
दुवै कार्यालय प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मन्त्री राईले जिल्लामा भएका कार्यालय सबै जिल्लामा यथावत् राख्ने प्रबन्ध प्रदेश सरकारले अघि बढाएको समेत बताए । उनले अबको १० वर्षमा भोजपुरको समग्र विकास गर्नुपर्ने बताउँदै गर्न नसके भोजपुर सधैंलाई पछि पर्ने धारणा राखे ।
प्रतिनिधिसभा सदस्य सुदन किराँतीले भोजपुरमा प्रदेश सभाअन्तर्गत दुई वटा कार्यालय स्थापना गर्नु भोजपुरे जनताका लागि खुशीको कुरा भएको बताए । राईले प्रतिपक्षले दिएको सुझावलाई भिटामिनको रुपमा लिएर अगाडि बढ्ने टिप्पणी गरे ।
नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईले भने जिल्लामा भएका कार्यालयहरु उठाएर दुई वटा कार्यालयको स्थापना गर्दैमा ताली पड्काउन उचित नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्