सवकम्प्याक्ट एसयुवी अवार्ड टाटा नेक्सनलाई «

सवकम्प्याक्ट एसयुवी अवार्ड टाटा नेक्सनलाई

कारएन्डबाइक अवार्डस २०१८ मा टाटा नेक्सनले वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयुभी अवार्ड पाएको छ । यस वर्ष टाटा मोट्र्सबाट सबैभन्दा महत्वपूर्ण प्रक्षेपण रहेको नेक्सन भारतमै उत्पादित सव–४ मिटर एसयुभी स्पेस क्षेत्रमा सार्वजनिक हुने पहिलो मोडेल छ । टाटा मोट्र्सको प्रभावशाली डिजाइनमा आधारित चौथो उत्पादन टाटा नेक्सनलाई टाटा मोट्र्सले २१ सेप्टेम्बर २०१७ मा भारतीय बजारमा सार्वजनिक गरेको थियो । टाटा नेक्सनमा रहेका केही भागका डिजाइनहरू ल्यान्ड रोभर मोडेलहरू, विशेष गरी रेन्जरोभर इभोक बाट प्रेरित रहेको छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरूका साथ नेक्सनले कम्प्याक्ट एसयूवी स्पेशको वर्गमा नयाँ आयाम ल्याएको छ ।
स्टाइलिङ डुअल कलर विकल्पमा उपलब्ध यस कारमा भएका केही नवीन र चाख लाग्दो स्टाइल तत्वहरूले यस कारको शोभा अझ बढाएको छ । प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ इन्च एलोय ह्वील जस्ता यस कारका महत्वपूर्ण विशेषताहरू हुन् । कारको क्याबिनमा रहेको उच्चस्तरीय इन्टेरिएर, उत्कृष्ट फिट र फिनिसका साथै सर्वोत्कृष्ट ड्यासबोर्डले यस कारलाई थप आकर्षित बनाएको छ । यस कारको दुई मुख्य विशेषता भनेकै यसमा रहेको ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी–ड्राईभिङ मोड सिस्टम छ । टाटा मोट्र्सले टाटा नेक्सनलाई नेपाली बजारमा चाँडै सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्