कोरोनाबारे कांग्रेसले साताव्यापी कार्यक्रम गर्ने «

कोरोनाबारे कांग्रेसले साताव्यापी कार्यक्रम गर्ने

नेपाली कांग्रेसले कोरोना संक्रमणको सन्दर्भ, सरकारको भूमिका र हाम्रो दृष्टिकोण विषयक एक हप्ते कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिले १०७ औं वीपी जयन्ती विशेष एक हप्ते कार्यक्रम सातवटै प्रदेशमा जुममार्फत् गर्न लागेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शिर्ष नेताहरुले सातवटै प्रदेशमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । प्रदेश १ मा भाद्र २७, २ मा २८, बाग्मतिमा २९, गण्डकीमा ३०, प्रदेश ५ मा ३१, कर्णाली प्रदेशमा १ असोज र सुदूरपश्चिम प्रदेशमा २ असोजमा जुममार्फत् कार्यक्रम गर्न लागिएको हो ।
हरेक प्रदेशमा दिउँसो ३ बजे कार्यक्रमको आयोजना गरिने छ । १०७ औं वीपी जयन्तीको अवसरमा बुधवार नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रियामा सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको रोकथाम, नियन्त्रण लगायत सचेतना फैलाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
उनले देशैभर कार्यक्रम गर्ने पनि बताएका थिए । सोही अन्तर्गत कांग्रेस कोभिड १९ अनुगमन समितिले कार्यक्रम तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्