गुर्जा हिमालबाट ९ जनाको शव पोखरा ल्याइयो «

गुर्जा हिमालबाट ९ जनाको शव पोखरा ल्याइयो

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै आँधीहुरीमा परेर ज्यान गुमाएका ९ जना पर्यटकहरुको शव आइतबार पोखरा ल्याइएको छ । आइतवार सिम्रिक एयरको हेलिकोप्टरमार्फत् गुर्जा हिमालको आधार शिविरबाट मृतकको शव पोखरा ल्याइएको हो ।
तालिमप्राप्त टोली र स्थानीयको सक्रियतामा आधार शिविरमा क्षतविक्षत अवस्थामा रहेका ९ शव संकलन गरी पोखरा ल्याइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।
आँधीहुरीमा परेर ज्यान गुमाएका म्याग्दीको गुर्जाकै नेत्रबहादुर छन्त्यालको शव भने हेलिकोप्टरमार्फत् बेनी अस्पतालमा पोष्टमार्टम गरी पुनः गुर्जा नै पठाइएको छ ।
सात हजार १९३ मिटर उचाइमा रहेको गुर्जा हिमाल आरोहणका लागि गएका ४ जना दक्षिण कोरियाली र ३ जना नेपाली तथा पदयात्राका लागि पुगेका १÷१ जना नेपाली तथा कोरियाली नागरिकको हिम आँधीहुरीका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्