शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक «

शाओमीको रेडमी ९सी र मी स्मार्टब्यान्ड ५ नेपालमा सार्वजनिक

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बिहीबार रेडमी ९सीका साथ नेपालको बजेट लाइन—अपमा नयाँ उपकरण थपेको सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा मी स्मार्टब्यान्ड ५ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ । अडियो श्रेणीमा पनि नयाँ उत्पादन—रेडमी सोनिकबेस वायरलेस इयरफोनको सार्वजनिक गरेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “प्रत्येक रेडमी उपकरणको साथ हामी सबैका लागि प्रविधि उपलब्ध भएको सुनिश्चितताको नजिक पुगेका छौं । रेडमी सिरिजको लोकप्रियता हाम्रा ग्राहकहरुले हामी प्रति देखाएको विश्वासको प्रमाण हो । रेडमी ९सी को साथ हाम्रो उद्देश्य भनेको हामीले बजेट खण्डमा विकास गरेका प्रविधिहरुलाई सबैमाँझ पु-याउनु हो ।
रेडमी ९सी — ट्रीपल क्यामेरा च्यामपियनका साथ विशाल डिस्प्ले यो नयाँ इन्ट्री लेबलको स्मार्टफोन इमर्सिभ भ्यूइंग अनुभवका लागि ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीद्वारा सुसज्जित छ जसले प्रयोगकर्तालाई अधिक सन्तुष्टि प्रदान गर्छ । रेडमी ९सी मा मिडियाटेक हेलियो जी३५, अक्टा कोर गेमिङ चिपसेटको विशेषता छ जुन २.३जीएचजेडसम्म जान्छ ।
रेडमी ९सीमा एआई ट्रीपल क्यामेरा छ जसले विभिन्न अवस्थामा पनि स्पष्ट तस्वीरहरु खिच्छ । यसमा १३ एमपी मुख्य क्यामेरा, २ एमपी डेप्थ सेन्सर, २ एमपी म्याक्रो क्यामेरा र एलईडी फ्ल्याश छ । एआई सेल्फी क्यामेरा ५ एमपी सेन्सरद्वारा सञ्चालित छ ।
यो २जीबी+३२जीबी भेरियन्टको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ भने ३जीबी+६४जीबी भेरियन्ट १४ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
मी स्मार्टब्यान्ड ५ः सबैका लागि उन्नत फिटनेस ट्रयाकिङ उपभोक्ताहरुको लोकप्रिय फिटनेस साथी अब पहिला भन्दा ठूलो र उत्कृष्ट भएको छ । मी स्मार्ट ब्यान्ड ५ मा ठुलो १.१इन्च कलर एमोलेड डिस्प्ले छ जसको स्क्रिन पूर्ववर्तीको भन्दा २० प्रतिशत ठूलो हो । प्रयोगकर्ताहरुले ६५ भन्दा बढी विभिन्न डिस्प्ले र ६ स्लिक ब्यान्ड कलर चयन गरेर आफ्नो अदभुत स्टाइल व्यक्त गर्न सक्नेछन् ।
वर्कआउट शैली जे भएपनि मी स्मार्टब्यान्ड ५ लेको आवश्यकतालाई पूरा गरेको छ । ५ एटीएम वाटर—रेसिस्टान्ट—प्रमाणिकरणका साथ उपकरणलाई प्रयोगकताले पानी भित्र वा बाहिर—पुलदेखि ट्रयाक वा पानीको तरंगदेखि शावरसम्म संगै लग्न सक्छन् । मी स्मार्ट ब्यान्ड ५ को ४ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
रेडमी सोनिकबेस वायरलेस इयरफोन रेडमी सोनिकबेस वायरलेस इयरफोनमा ह्यासल प्रि अनुभवका लागि स्लिक, मिनिलास्टिक र म्याट फिनिस डिजाइनका साथ म्यागनेटिक इयरबड छ । यो हलुका तौलको छ र घाँटीमा आरामदायी तरिकाले राख्न मिल्ने गरी डिजाइन गरिएको छ । यी इयरफोनहरु भारी बेस टोनका इमर्सिभ म्युजिक सुन्नका लागि कस्टम ट्यून गरिएको छ, भ्वइस कलहरुको उच्च टोन कायम राख्दै यस प्रकारको एक प्रभावशाली समग्र ध्वनिको सन्तुलन प्रदान गर्छ । रेडमी सोनिकबेस वायरले इयरफोन २० हजार ९९ रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्