ट्रम्पले धम्क्याए पनि ९२ प्रतिशत अमेरिकी कम्पनी चीनमै बस्न चाहन्छन् «

ट्रम्पले धम्क्याए पनि ९२ प्रतिशत अमेरिकी कम्पनी चीनमै बस्न चाहन्छन्

वासिङटन-ट्रम्प प्रशासनले अमेरिका–चीन व्यापारलाई अबरुद्ध पार्न खोजेपनि चीनमा रहेका ९२.१ प्रतिशत अमेरिकी कम्पनीले चीनमै बस्ने योजना बनाएको एक सर्भेले देखाएको छ ।
अमेरिकन चेम्बर अफ कमर्शले गरेको अनुसन्धान अनुसार विश्वव्यापी आम्दानी ५० करोड डलर भन्दा माथि भएका केवल ५.१ प्रतिशत कम्पनीले मात्रै चीन छोड्ने योजना बनाएका छन् ।
केवल ४.३ प्रतिशत अमेरिकन चेम्बर अफ कमर्शका सदस्यले आफ्नो संचालनलाई अमेरिकामा फर्काउने योजना बनाएका छन् । अमेरिका आपूर्ति संजालको विविधिकरणका लागि चौथो सर्वाधिक लोकप्रिय गन्तव्य रहदै आएको छ । त्यस्तै ७०.६ प्रतिशत व्यवसायले उत्पादन थलो परिवर्तन गर्ने कुनै योजना बनाएका छैनन् । यो गत वर्षको तुलनामा ५.१ प्रतिशतले बढी हो ।
सर्भेमा सहभागी गरिएका ८५ प्रतिशत फर्महरु चीनमा १ दसक वा सो भन्दा लामो अवधिसम्म बस्दै आएका छन् । त्याहाँ ४.६ प्रतिशत भन्दा कम मात्रै पाँच वर्ष भन्दा कम सम्म संचालनमा रहेका छन् । “हाम्रा सदस्यहरु स्थिर छन्, धेरैजसो कम्पनीहरु यहाँ लामो समयसम्म रहदै आएका छन् र उनीहरुको आधार राम्रो रहेको छ,” चेम्बरका अध्यक्ष केर गिब्सले साउथ चाइना मर्निङ पोष्टलाई बताए ।
“तर हामी पनि चीनसँगको व्यापारमा कर १० गुणाले वृद्धि गर्ने भनाईबाट खलबलिएका छौ । हाम्रो ठूलो चासोको विषय भनेको ह्वाईट हाउसको लक्ष्य के हो र हामी कतातर्फ गइरहेका छौ भन्ने हो ।”
झन्डै २२.५ प्रतिशत सहभागीले व्यापार युद्धको भन्सार शुल्कबाट लगानीलाई ढिलाई गरेको बताएका छन् । यो २०१९ को ३२.३ प्रतिशतको तुलनामा झनै कम हो । उनीहरु मध्ये आधा भन्दा बढीले ‘चाइना–फर–चाइना’ रणनीतिका लागि संचालन गरिरहेका छन् । यसले चीन बाहिरका देशहरुको मागलाई पनि आपूर्ति गर्नेछ ।
चीनमा रहेका एक तिहाई भन्दा बढी अमेरिक िफर्महरुले अमेरिका–चीन सम्बन्धमा आएको खराबीका कारण चीनमा कर्मचारी प्राप्त गर्ने क्षमतामा असर परेको बताएका छन् । “सदस्यहरुको चासो गएको छ, तर बजारप्रति समर्पित छन् । जुन आकर्षक, विशाल र बढ्दो अवस्थामा छ । हाम िराष्ट्रिय सुरक्षाको विषयप्रति सचेत छौ र सदस्यहरु सम्बन्धमा पुनः सन्तुलन आउने विषयमा आशावादी छन्,”गिब्सले बताए । “विगत साढे ३ वर्षदेखी केही सदस्यहरुले आपूmलाई असर परेको महशुश गरेका छन् र दीर्घकालिन रणनीतिको अपेक्षा गरेका छन्,” उनको भनाई थियो ।
लेबर डेको सम्बोधनको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा अफसोर गर्ने अमेरिकी कम्पनीहरुलाई संघीय सम्झौता कटौती गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध ठप्प पार्ने बताएका थिए । “हामीले अर्बौ डलर गुमाएका छौ र यदी हामीले चीनसँग व्यापरा गरेनौ भने हामीले अर्बौ डलर गुमाउदैनौ,” ट्रम्पको भनाई थियो । तर उनले चीनसँग रहेको खर्बौ डलरको अमेरिकी ऋणको बारेमा भने केही उल्लेख गरेनन् ।

प्रतिक्रिया दिनुहोस्