स्थानीय संघ–संस्थासँगको सहकार्य अझ बलियो बनाउँछौं «

स्थानीय संघ–संस्थासँगको सहकार्य अझ बलियो बनाउँछौं


राकुटेन भाइबरले मानिसहरू बीचको भौगोलिक तथा भावनात्मक दूरी हटाउन मद्दत गर्छ । विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरू जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्र्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरू र सेलिब्रेटीहरूका साथमा छलफल र तिनको जानकारी राख्नेलगायतमा आफ्नो पहुँच यसमार्फत राख्दछन् । राकुटेन भाइबर राकुटेन इन्कर्पाेरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रूपमा ई– कमर्स तथा वित्तीय सेवामा अग्रणी रहेको छ । सुरक्षित एवं निःशुल्क सञ्चारका लागि विश्वको अग्रणी मैसेजिङ एप राकुटेन भाइबरका प्रमुख कार्यकारी अधिकृत जमेल आग्वासँंग कारोबारका सम्पादक कुबेर चालिसेले गरेको कुराकानीको सार :

राकुटेन भाइबरले हालसालै फेसबुकसँंग आफ्नो सम्बन्ध तोडेको छ । यस्तो स्थिति कसरी सिर्जना भयो ?
पछिल्ला केही महिनामा अमेरिकाभरि फैलिएको प्रतिकार प्रदर्शनीको बीचमा एन्टि–डिफामेसन लिग एण्ड एनएएसीपी लगायत अरु ६ वटा संगठनले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्तालाई संरक्षण प्रदान गर्नमा सो कम्पनी असक्षम रहेकाले जुलाई महिनाभरिका लागि त्यस सामाजिक सञ्जालमा विज्ञापन खर्च स्थगनका लागि फेसबुक विज्ञापनदातालाई आह्वान गरेका थिए । डाटाको गलत प्रयोगका अनगिन्ती घटना र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जस्मा राजनैतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिम रूप लिएको थियो । सुरक्षित एवं निःशुल्क सञ्चारका लागि विश्वको अग्रणी मेसेजिङ एपहरूमध्ये एक– राकुटेन भाइबरले फेसबुकसँगको आफ्ना सबै व्यावसायिक सम्बन्ध तोड्ने घोषणा गर्नुको पछाडि वास्तवमा अमेरिकामा पछिल्ला समयमा भएका केही हिंसात्मक घटना तथा डाटा उल्लंघनका कारण छन् । राकुटेन भाइबरले यस्तो निर्णय गर्न बाध्य भएको छ । फेसबुकको डाटा उल्लंघन र हिंसात्मक बयानबाजीविरुद्ध लड्ने असफलताले सीमा नाघेपछि हामीले आफ्ना १ अर्ब प्रयोगकर्ताको संरक्षणका निम्ति आफ्ना सबै टच प्वाइन्ट हटाउनुका साथसाथै विज्ञापन खर्चमा रोक लगाउन उपयुक्त ठान्यौं ।
यो मेसेजिङ एपले फेसबुक कनेक्ट, फेसबुक एसडीके, र जीफीलाई हटाउनुका साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्च रोक्ने निर्णय पनि लिएको छ । हाम्रो विचारमा फेसबुक भाइबर, व्टिटरजस्ता सामाजिक सञ्जालको आआफ्ना सामाजिक उत्तरदायित्व हुन्छन् । फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरूमा गोपनीयताको अभावदेखि लिएर हिंस्रक र खतरनाक बयान–बाजीबाट जनतालाई संरक्षण गर्न आवश्यक कदम नलिने अडानलाई हेर्दा फेसबुक धेरै टाढा गइसकेको छ । हामी सत्यको मध्यस्थ होइनौं तर असलमा नै केही मानिस हिंसात्मक सामग्रीको प्रसारबाट प्रताडित भइरहेका छन् र कम्पनीहरूले निश्चय नै स्पष्ट अडान लिनु जरुरी छ । राकुटेन भाइबर आफ्नो नीतिप्रति अडिग छ । त्यसैले राकुटेन भाइबरले जनाएको बढ्दो अनलाइन अभियान ‘स्टपहेटफरप्रोफिट’ तर्फको साथ र एक ठूलो टेक्नोलोजिकल कम्पनीको बहिष्कार हो । लकडाउनको समयमा लोकप्रिय बनेका धेरै सञ्चार एपमा समेत डाटालगायतका गोपनीयताको विषयलाई प्रश्न उठेको छ । तर, राकुटेन भाइबर आफ्नो डाटा सधैं सुरक्षित राख्ने दाबी पनि गर्दछ ।

फेसबुक तथा राकुटेन भाइबर एक आपसमा प्रतिस्पर्धी भएकाले पनि यो निर्णय राकुटेन भाइबरका प्रयोगकर्ताको डाटा सुरक्षाभन्दा पनि प्रतिस्पर्धी कदम हो भन्न सकिन्छ ?
हामी फेसबुकसँंग वर्षौंदेखि काम गरिरहेका छौं । फेसबुक प्रयोगकर्ताविरुद्ध हाम्रो कुनै पनि गुनासो छैन । हामी फेसबुक प्रयोगकर्तालाई फेसबुक प्रयोग नगर पनि भन्न चाहन्नौं । हामीलाई फेसबुकको नीतिसँंग मात्रै समस्या हो, फेसबुकका प्रयोगकर्तासँंग होइन । तर यसको अर्थ फेसबुकसँंग हाम्रो प्रतिस्पर्धा छैन भन्ने पनि होइन, प्रतिस्पर्धा छ । सन् २०२० फेसबुक, गुगल तथा अमेजनसँंग प्रतिस्पर्धा हुने वर्ष नै हो । तर, फेसबुकका धेरै क्रियाकलाप छन् र फेसबुकको प्रतिस्पर्धा धेरै ब्रान्डसँंग छ । वास्तवमा तपार्इंहरू पनि फेसबुकसँंग प्रतिस्पर्धा गरिरहनु भएको छ । हामीले फेसबुक कनेक्टसँंग लामो समयदेखि काम गरिरहेका थियौं किनकि हाम्रो विचारमा प्रयोगकर्ताका लागि यो सहज थियो । तर, हाम्रो निर्णय उनीहरूको नीतिप्रति लक्षित थियो । हाम्रो नीतिसँंग मेल नखाएका कारण सम्बन्ध तोड्नु परेको हो, प्रतिस्पर्धाको कारणले होइन । र हाम्रो नीति के हो भने सामाजिक संजाल सबै एउटै होइनन् । हामी चाहन्नौ कि मानिसले सबै सामाजिक संजाललाई एउटै नजरले हेरुन्, हामी सबै उस्तै होइनौं । व्ट्टिरको आफ्नै नीति छ, फेसबुकको आफ्नै र हाम्रो आफ्नै नीति छ ।
फेसबुकका कारण हालै अमेरिकाका करिब सबै नागरिकले गलत समाचार एकैपल्ट हेर्न बाध्य भए । त्यसैले हामीलाई फेसबुकको नीतिसँंगमात्रै समस्या हो, फेसबुकका प्रयोगकर्तासंँग होइन । तर यसको अर्थ फेसबुकसँंग हाम्रो प्रतिस्पर्धा छैन भन्ने पनि होइन, प्रतिस्पर्धा छ । सन् २०२० फेसबुक, गुगल तथा अमेजनसँंग प्रतिस्पर्धा हुने वर्ष नै हो । तर, फेसबुकका धेरै क्रियाकलाप छन् र फेसबुकको प्रतिस्पर्धा धेरै ब्रान्डसंँग छ । वास्तवमा तपाईंहरू पनि फेसबुकसँंग प्रतिस्पर्धा गरिरहनु भएको छ । हामीले फेसबुक कनेक्टसंँग लामो समयदेखि काम गरिरहेका थियौं किनकि हाम्रो विचारमा प्रयोगकर्ताका लागि यो सहज थियो । तर, हाम्रो निर्णय उनीहरूको नीतिप्रति लक्षित थियो । हाम्रो नीतिसँंग मेल नखाएका कारण सम्बन्ध तोड्नु परेको हो, प्रतिस्पर्धाको कारणले होइन । र हाम्रो नीति के हो भने सामाजिक संजाल सबै एउटै होइनन् । हामी चाहन्नौ कि मानिसहरूले सबै सामाजिक संजाललाई एउटै नजरले हेरून्, हामी सबै उस्तै होइनौं । व्ट्टिरको आफ्नै नीति छ, फेसबुकको आफ्नै र हाम्रो आफ्नै नीति छ ।

सबै सामाजिक संजाल फरक फरक भनेर भन्दै गर्दा पनि राकुटेन भाइबरको सिधा प्रतिस्पर्धा कोसंँग हो त ?
फेसबुक, मेसेन्जर अनि व्हाट्स एप आफैंमा प्रतिस्पर्धी हुन् । तर यस्तो पनि होइन कि हाम्रो सहकार्य छैन । केही महिना अघिसम्म पनि फेसबुक ग्यालेक्सीसँंंग हाम्रो सहकार्य रहेको थियो । हामीलाई प्रचिस्पर्धासँंग कुने समस्या छैन, र साथै फेसबुक प्रयोगकर्तासंँग पनि कुनै समस्या छैन । समस्या के हो भने हामी हाम्रो ब्रान्ड फेसबुकको ब्रान्डसँंग जोड्न चाहन्नौं । हामी हाम्रो ब्रान्ड आफ्नो नीतिमा अडिग छ । हामी भाइबरमा आफ्ना नीतिभन्दा बाहिर गएर हिंसाजन्य कार्यलाई प्रोत्साहन गर्न सक्दैनौं । साथै, यसैबीच कोभिड–१९ को यस वैश्विक महामारीमा हामीले विश्वका विभिन्न देशमा विश्व स्वास्थ्य संगठनजस्ता संस्थासंँग सहकार्य गरेर अघि बढिरहेका छौं । विश्व स्वास्थ्य संगठनको सहकार्यमा राकुटेन भाइबरले कोभिड–१९ सम्बन्धी विभिन्न सामग्रीलाई सूचनाको रूपमा सम्बन्धित देशका स्थानीय भाषामा मानिससम्म पु-याइरहेका छौं । हामीले हाम्रा विश्वभरिका प्रयोगकर्तालाई सही सूचना उपलब्ध गराइरहेका छौं ।

फेसबुकसंँग सम्बन्ध तोडेको बारेमा राकुटेन भारबरका प्रयोगकर्ताहरूको प्रतिक्रिया कस्तो छ ?
म राकुटेन भाइबर प्रयोगकर्ताहरूसंँग माफि चाहन्छु । करिब ५ देखि १० प्रतिशत राकुटेन भाइबर प्रयोग कर्ताले फसेबुक कनेक्ट प्रयोग गर्ने गरेका थिए । यी प्रयोगकर्तालाई हाम्रो फेसबुकसँंगको सम्बन्ध विच्छेदले कुनै असर गरेको छैन । किनकि एकपल्ट प्रेफाइल अपलोड गरिसकेकालाई यसले कुनै असर गर्दैन । तर, भविष्यका प्रयोगकर्तासँंग भने म माफि माग्न चाहन्छु । किनकि यसले भविष्यका प्रयोगकर्तालाई भने केही समस्या हो । तर म के विश्वसत तुल्याउन चाहन्छु भने राकुटेन भाइबरले कुनै अन्य फिचरका साथ त्यसको क्षतिपूर्ति गर्नेछ । भाइबरका प्रयोगकर्ता संसारभर विभिन्न रंग, जाति, पेसा तथा देशआदिका छन् । उनीहरूका लागि भाइबरले छिट्टै नै केही ल्याउनेछ । हाम्रा प्रयोगकर्ता संसारका विभिन्न देशमा छरिएका छन् । उनीहरू परिवारसँंग नरहेर अन्य देशमा रहेका पनि छन् । तर, जसरी हाम्रो ब्रान्डको एउटा सशक्त नीति छ, हाम्रा प्रयोगकर्ताको पनि उस्तै नीति छ भन्ने बुझ्दछौं ।

यस्तो कदमबाट राकुटेन भाइबर तथा यसका प्रयोगकर्तालाई के फाइदा हुन्छ त ?
हामी हाम्रो आफ्नै प्रयोगकर्ताको संजाल विस्तार गर्दैछौं । नेपालमा हामीले राकुटेन भाइबर प्रयोग कर्ताको संख्यामा केही महिनायता २० प्रतिशतको वृद्धि पाएका छौं ।
फोब्र्सका अनुसार लकडाउनमा भाइबरको इन्टरनेट प्रयोग विश्वभर ७० प्रतिशतले बढेको छ । यसले अनलाइन सुरक्षा प्राथमिकीकरण गर्न धेरै तरिका प्रदान गरेको छ ।
यो प्रयोगकर्ताको डाटा संरक्षण गर्नलाई गरिएको प्रतिबद्धताप्रति ऐक्यबद्धतामा आधारित रहेको हुनाले पनि हाम्रा प्रयोगकर्ताको संख्यामा यो वृद्धि देखिएको हो । अन्य एपहरूले प्रयोगकर्ताकोे डाटा बजारमा प्रवद्र्धन गरी मार्केटिङ अभियानको सुधार गर्न वा अन्य कम्पनीलाई बिक्री गर्न वा प्रयोग गर्न सक्छन् । भाइबरबाट प्रेषित निजी सन्देशहरू स्वतः नै इन्क्रिप्टेड हुन्छन्, जसको अर्थ भाइबरले पनि भाइबर प्रयोगकर्ताको च्याट हेर्न असम्भव नै हुन्छ । भाइबरमा पठाएको प्रत्येक सन्देश जुन उपकरणलाई पठाइएको हो त्यसमा मात्र पढ्न सकिन्छ । केही निर्देशन पालना गरी आफ्नो उपकरणमा रहेको सूचना सुरक्षित गर्न पनि सकिन्छ । साथै, आफ्नो फोनको गोपनीयता सेटिङ जाँच गरीे फोनमा भएको कुन–कुन एपलाई कुन ठाउँमा डाटाको पहुँच पुग्ने अनुमति दिइएको हेर्न सकिन्छ । यदि कुनै एप जसको पहुँच कुनै त्यस्तो ठाउँसम्म नहोस् भन्ने लाग्छ भने त्यसलाई बन्द गर्न टगल स्विच दबाउनसमेत सकिन्छ । यदि सेयर्ड उपकरण प्रयोग गरिरहेको छ भने टाइप गरिएको संवेदनशील जानकारी संरक्षण गर्न अटो फिल बन्द गर्नु उचित हुन्छ । काम सकेपछि एपहरूबाट लगआउट गर्नुपर्छ, यसोगरे प्रयोगकर्ताले निजी विवरण देख्नसक्दैनन् । एप इन्स्टल गरेपछि सावधानी अपनाउन जरुरी हुन्छ । विश्वासिला स्टोरहरू जस्तैः एप स्टोर वा प्ले स्टोरबाट एपहरू डाउनलोड गर्नुपर्छ । ती एपहरू भरोसापूर्ण र सुरक्षित छन् भने मात्र डाउनलोड गर्नु पर्दछ । त्यसैले म नेपलीलगायत सबै राकुटेन भाइबर प्रयोगकर्तालाई धन्यवाद दिन पनि चाहन्छु । हामी हाम्रा प्रयोगकर्ताका लागि अझ धेरै फिचरहरू विकास गर्ने प्रतिबद्धता जनाउँछौं । त्यसैले फेसबुकसँंगको सम्बन्ध विच्छेद राकुटेन भाइबरको ब्रान्डको छवि बचाउनका लागि गरिएको हो । र यसबाट हामीलाई धेरै नै कम मात्र असर परेको छ । पछिल्ला १० वर्षमा झैं हामी हाम्रो ब्रान्डलाई विश्वको सर्वोत्कृष्ट प्लाटफर्म बनाउन चाहन्छौं ।

नेपालमा राकुटेन भाइबरका क्रियाकलाप कसरी अगाडि बढिरहेका छन् ?
हामी हाम्रा प्रयोगकर्तालाई सकेसम्म स्थानीय सूचना सामग्री पस्कने कोसिस गरिरहेका छौं । नेपालमा हामीले शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सहकार्य गरिरहेका छौं । जस्तै, महिला सशक्तीकरण र लंैगिक समानता अभिवृद्धिका लागि यूएन वुमेन नेपाल र राकुटेन भाइबरबीच सम्झौता भएको छ । सूचना, जानकारी आदान प्रदान गर्ने एक साझा मञ्च र नेपाललगायत अन्यत्रका भाइबर प्रयोगकर्तालाई जोड्ने आवश्यकतालाई दृष्टिगत गर्दै साझेदारी गरिएको हो । भाइबर ‘कम्युनिटी’ र २ वटा स्टिकर प्याक पनि प्रस्तुत गर्ने लक्ष्य छ । भाइबर कम्युनिटीले सञ्चालन गर्ने अनलाइनमा रुचिअनुसार मानिसहरू नजिकिन सक्नेछन् ।
नयाँ कम्युनिटीमार्फत तस्बिर, इन्फोग्राफिक्स र भिडियोको प्रयोग गरेर यूएन वुमेनले लक्षित वर्गसम्म पुग्ने, जानकारीहरू प्रचारप्रसार गर्ने तथा सामाजिक मानकहरू, लैंगिक भूमिका, असमानता र महिला, बालिका तथा सीमान्तकृत समूहका व्यक्ति आदिको विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यस साझेदारीमार्फत जनचेतना अभिवृद्धि र परामर्श प्रयत्न उकास्नका लागि एक मुख्य माध्यमको रूपमा यो नवीन खोजको प्रयोग गरिने लक्ष्य हो ।
साथै, राकुटेन भाइबरले नेपालमा कोरोना भाइरसको जागरणका लागि एक पटकमा १० जनालाई सामूहिक कल गर्न मिल्ने गरी संख्या पनि दोब्बर बनाएको छ । विश्वमा बढ्दो कोभिड–१९ को त्राससँगसँगै अनगिन्ती मानिसमा यसको जोखिम देखा परेपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको बेलामा सरकारी संघसंस्था, स्वास्थ्य मन्त्रालयहरूले यो भाइरसको प्रकोप फैलिन नदिन विभिन्न कम्पनीलाई उनीहरूका कर्मचारीलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् र राकुटेन भाइबरले यसमा सहकार्य गरेको हो । भाइबर जस्तो एपको साथमा घरबाट नै अझ अधिक दक्षतापूर्ण एवं समयनिष्ठ तवरमा तत्कालका लागि काम सम्पादन गर्न सकिन्छ । यस लोकप्रिय मैसेजिंग एपका सरल उपायको सहायताबाट कोभिड–१९ को प्रकोपबीच पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकिन्छ । साथै, सामूहिक कलमार्फत् मिटिंग गर्न पनि सकिन्छ । कोभिड–१९ ठूलो समूहमा सजिलै फैलिन सक्ने भएकाले छलफल सत्रहरूलाई प्रतिबन्ध गरी भ्वाइस कलहरूमा परिणत गर्न सकिन्छ । राकुटेन भाइबरले कोभिड–१९ का बावजुद सम्पर्कमा रहिरहन मद्दत पुगोस् भनेर भर्खरैमात्र सामूहिक कलहरूमा सहभागी बन्न सक्ने व्यक्तिहरूको संख्या दोब्बर बनाएको हो ।
अहिलेको चुनौतीपूर्ण अवस्थालाई मध्यनजरमा राख्दै एकै स्थानमा सशरीर उपस्थित नभइकन पनि एक अर्कासँग सम्पर्कमा रहनका लागि विविध उपायको खोजी गर्न प्रतिबद्ध छौं । कोरोना भाइरसको विस्तारको सन्दर्भमा आमजनले सावधानी अपनाएर काम गरेसँगै, हामी यो सुनिश्चित गर्न चाहान्छौँ कि, मानिसहरूले आफन्तहरूसँग बिना टाढा रही सुरक्षित प्रविधिमार्फत् सम्पर्कमा रहिरहन र आफ्नो कामलाई पनि निरन्तरता दिन सक्षम रहन्छन् । यसबाट राकुटेन भाइबर सकेसम्म स्थानीय आवश्यकता पूरा गर्न चाहन्छ भन्ने सन्देश पनि हो ।

नेपालमा राकुटेन भाइबरका अन्य व्यावसायिक योजनाहरू केके छन् ?
हामीले नेपालमा धेरै बैैंक तथा वित्तीय संस्था एवं अन्य विभिन्न संघसंस्थासँंग सहकार्य गरेका छौ । निकट भविष्यमा नै टेलकम कम्पनीहरूसँग पनि केही सहकार्य गर्ने योजना छ । सूचना तथा सञ्चारमा हामी नेपालमा सहकार्य गर्न चाहन्छौं । जसका कारण शिक्षा, स्वास्थ्यजस्ता सामाजिक कार्यमा पनि सहकार्य गर्न सकियोस् । हामी यसमा छलफलका क्रममा नै छौं । अन्य देशजस्तै म्यानमारमा हामीले टेलिकम कम्पनीसँग सहकार्य गरेर काम गरिरहेका छौं । यसबाट दूर सञ्चारको पहुँचमा वृद्धि हुने पनि आशा छ ।

नेपालजस्तो भूकम्पजस्ता प्राकृतिक प्रकोप धेरै हुने देशमा राकुटेन भाइबारले कसरी मद्दत गर्न सक्दछ ?
बाढी, पहिरो अथवा भूकम्पजस्ता प्राकृतिक प्रकोप तथा हालको जस्तै महामारीमा पनि राकुटेन भाइबरले सूचना तथा जानकारी प्रवाह गर्न मद्दत गर्दछ । हामी यसबारेमा पनि सकेसम्म टेलिकम कम्पनीहरूसँंग सहकार्यमा काम गर्न चाहन्छौं । कोभिड–१९ को महामारी भएदेखि अब आउने न्यू नर्मलसम्म हाम्रा प्रयोगकर्ताको सुरक्षाका लागि हामी मद्दत गर्न चाहन्छौं । किनकि राकुटेन भाइबरले आममानिसलाई अनलाइन सुरक्षा प्राथमिकीकरण गर्न धेरै तरिका प्रदान गर्दछ । राकुटेन भाइवर प्रयोगकर्ताहरूको डाटा संरक्षण गर्नलाई गरिएको प्रतिबद्धताप्रति ऐक्यबद्धतामा आधारित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्