तीन कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले वृद्धि «

तीन कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले वृद्धि

साताको अन्तिम कारोबार दिन बिहीवार राष्ट्रिय बिमा कम्पनीसहित तीन वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य ९.९९, एनआरएन इन्फ्रास्टक्चरको ९.८९, रिलायन्स लाइफ इन्स्योरेन्सको ९.८९ र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको हो ।
चार वटै कम्पनीको सेयरमा मार्केट डेप्थमा खरीदकर्ता अत्याधिक रहेका थिए भने बिक्रेता चाँही एक जना पनि छैनन् । एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य विगत तीन दिन लगातार ९ प्रतिशतभन्दा बढीले घटेको थियो । उक्त कम्पनीको प्रतिकित्ता ५३७ पुगेर ३५४ रुपैयाँमा आएर पुन ः बिहीबारदेखि बढ्न थालेको हो । उक्त कम्पनीको सेयर कम मूल्यमा आएपछि लगानीकर्ताहरु पुनः खरीद गर्न सक्रिय हुँदा मूल्य वृद्धि भएको हो ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भरखरै मात्र आईपीओ निष्कासन गरेको र बिमा कम्पनीको सेयर मूल्य वृद्धि हुने भएकाले उक्त कम्पनीको सेयर खरीदमा लगानीकर्ताको आर्कषण बढी देखिएको छ ।
पछिल्लो समय राष्ट्रिय बिमा कम्पनीको सेयरतर्फ कारोबारीहरु आर्कषण बढेको छ । उक्त कम्पनीको सेयर मूल्य दुई दिन देखि ९ प्रतिशतभन्दा बढीले वृद्धि भइरहेको छ । बिमा कम्पनीहरुमध्ये सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी राष्ट्रिय बिमा कम्पनी हो । उक्त कम्पनीको सेयर बिहीवार प्रतिकित्ता ११ हजार ९५४ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्