जनरल इन्स्योरेन्सले पायो आईपीओ जारी गर्ने अनुमति «

जनरल इन्स्योरेन्सले पायो आईपीओ जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्सलाई साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ । इन्स्योरेन्सले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर जारी गर्नको लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले उक्त आईपिओ जारी गर्न स्वीकृत दिएको हो ।
आईपीओ जारी गरेपनि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्ने छ । इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्