वोमी लघुवित्तको बोनस सेयर सूचीकृत «

वोमी लघुवित्तको बोनस सेयर सूचीकृत

वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो सेयर लगानीकर्ताले आगामी आइतवारदेखि खरीदबिक्री गर्न सक्नेछन् ।

कम्पनीले असार १९ गतेको साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्