‘रोलिङ नेक्सस डटकम’को औपचारिक सुरुवात «

‘रोलिङ नेक्सस डटकम’को औपचारिक सुरुवात

मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रालिले आफ्नो १६औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ । विहीबारदेखि कम्पनीले आफ्नो नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष अनुप जंगमका अनुसार, नयाँ तथा पुराना सबै पुस्ताका लागि निकै नै लाभदायी हुने भनिएको यस कम्पनीले थुप्रै बेरोजगार जनशक्तिका लागि अवसरको संभावना खोजी गर्ने उद्देश्य राखेको छ । सोहि अनुरुप कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’का रुपमा पनि परिभाषित गरेको छ ।
कम्पनीको भर्चुअल प्रेस कन्फ्रेन्समार्फत डिजिटल युगको नयाँ सुरुवात भन्दै श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, महानायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना सन्देश दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्