Logo

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षलाई हिरासतकै आइसोलेसनमा राख्न अदालतको आदेश

रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई प्रहरी हिरासतकै आइसोलेसनमा राख्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत रामेछापले २५ दिन प्रहरी हिरासतमा राखेर आरोपको अनुसन्धानपछि मंगलबार थुन छेकको बहस चलिरहेको बेला अध्यक्ष खड्कामा मंगलबार कोरोना संक्रमण पुष्टि भएसँगै थप १५ दिन हिरासतको आइसोलेसनमा राख्न आदेश दिएको हो ।
गाउँ पालिकाका अध्यक्ष खड्का माथि जिल्ला प्रहरी कार्यालय रामेछापमा शरीर बन्धक, बलात्कार र ठगीसमेत ३ वटा अभियोग सहितको मुद्दा चलिरहेको छ । सोहि अभियोगको आधरामा प्रहरीले २५ दिनको अनुसन्धान सकेर सोमबार सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा सोमवार पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्