विश्वज्योति मलमा दसैं–तिहार ‘सुपर अफर सुपर छुट योजना’ «

विश्वज्योति मलमा दसैं–तिहार ‘सुपर अफर सुपर छुट योजना’

राजधानीको मुटु जमलमा रहेको विश्वज्योति मलमा दसैं–तिहार सुपर अफर सुपर छुट योजना सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले यस्तोे योजना सञ्चालनमा ल्याएको हो । योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले २५ प्रतिशतसम्म छुट पाउने छन् ।
असोज २१ गतेदेखि कात्तिक ३० गतेसम्म चल्ने सुपर छुट योजना अवधिभर विश्वज्योति मलमा १ हजार रुपैयाँभन्दा माथिको सामानको खरिदमा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । उक्त कुपनको आधारमा मलमा सपिङ गर्ने ग्राहकलाई गोलाप्रथाबाट साप्ताहिक रूपमा विभिन्न उपहार प्रदान गरिने मलले जनाएको छ ।
साथै बम्पर उपहारमा टिभिएसको जुपिटर स्कुटरका जित्न सक्नेछन् भने भाग्यशाली विजेताले दुबई टुरको अवसरसमेत पाउनेछन् । साप्ताहिक उपहारमा गोदरेजको वासिङ मेसिन, रेफ्रिजेनेटर, टिभी, माइक्रोओभन, मोबाइल फोन, विभिन्न घरायासी सामग्रीहरूका साथै सपिङ भौचर, लञ्चकुपनसँगै अन्य आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने छन् ।
विश्वज्योति मलमा ब्रान्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्रान्डका इलेक्ट्रोनिक्स सामान, ग्रामेन्ट, घडी, चस्मा, रेस्टुराँ, लाउञ्च, ब्युटिपार्लर, कफिसप, टार्भल एजेन्सी, बुटिक, फिटनेस स्टुडियोलगायतका ४० भन्दा बढी स्तरीय स्टोरहरू सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्