ट्रम्पले चीनसँगको अमेरिकी आर्थिक सम्बन्ध व्यापक कटौती गर्ने «

ट्रम्पले चीनसँगको अमेरिकी आर्थिक सम्बन्ध व्यापक कटौती गर्ने

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको आर्थिक सम्बन्ध व्यापक कटौती गर्ने बताएका छन् । विदेशमा रोजगारी सिर्जना गर्ने अमेरिकी कम्पनीलाई दण्डित गर्ने र संघीय स्वीकृति लिएर चीनमा व्यवसाय गर्ने कम्पनीलाई पनि प्रतिबन्ध लगाउने बताउदै उनले आपूmलाई जो बाइडेन भन्दा फरक देखाएका छन् ।
“हाम्रो संवेदनशील म्यानुफ्याक्चरिङ सप्लाई अमेरिकामै उत्पादन गर्छौ, हामी मेड इन अमेरिका कर सिर्जना गर्छौ र अमेरिकामै रोजगारी फर्काउछौ । हामी चीन र अन्य मुलुकमा रोजगारी सिर्जना गरेर अमेरिकालाई मरभूमि बनाउने कम्पनीमाथि कर थोपार्छौ,” ट्रम्पले हालै ह्वाइट हाउसमा भएको सम्मेलनमा बताए ।
“यदी उनीहरुले यसो गर्न सक्दैनन् भने उनीहरुलाई व्यापक कर लगाउछौ र हाम्रो मुलुकमा पठाउनका लागि भन्छौ,” उनले अमेरिकी कर्पोरेशनहरुलाई बताए । “चीनमा आउटसोर्सिङ गर्ने कम्पनीहरुलाई हामी संघीय स्वीकृति दिन्नौ र विश्वभरी भाइरस पठाउने चीनलाई रोक्छौ ।”
“मैले पहिलेदेखिनै गर्दै आएको चीनमाथिको भन्सार शुल्कलाई व्यापक बढाउने छु,” उनले बताए । “चीनमाथिको हाम्रो निर्भरतालाई अन्त्य गर्न गइरहेका छौ । किनभने हामी चीनमाथि निर्भर हुन चाहन्नौ र उनीहरुले हाम्रै पैसा प्रयोग गरेर हाल निर्माण गरिरहेको सेना निर्माण गर्नबाट रोक्छौ,” उनको भनाई थियो ।
“यदी बाइडेनले जिते भने चीनले जित्छ । किनभने चीनले यो मुलुकलाई आफ्नो बनाउने छ,” ट्रम्पले बताए । “यो हाम्रो इतिहासकै महत्वपूर्ण चुनाव हो । हाल इतिहासकै महत्वपूर्ण चुनाव हो । मेरो प्रशासनको मातहतमा हामी अमेरिकालाई म्यानुफ्याक्चरिङ सुपरपावर बनाउछौ र हामी फेरी अमेरिकालाई चीनको निर्भरताबाट मुक्त पार्छौै, सधैका लागि,” उनले बताए ।
ट्रम्पले चीनलाई चुनावी वर्षको मुद्धा बनाएका छन् । उनले बाइडेनलाई चीनको सन्देशवाहक भएको र चीन अमेरिकामा कोरोनाभाइरसका लागि जिम्मेवार भएको पनि बताए । उनको यो कटाक्षका बावजुद एक सर्वेक्षणले ट्रम्पको कोरोनाभाइरस महामारीप्रतिको जिम्मेवारीप्रति सार्वजनिक रुपमै अस्वीकृत भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्