दक्षिण अफ्रिकाको अर्थव्यवस्था ५० प्रतिशतले खुम्चियो «

दक्षिण अफ्रिकाको अर्थव्यवस्था ५० प्रतिशतले खुम्चियो

प्रिटोरिया-दक्षिण अफ्रिकाको कूल गार्हस्थ उत्पादन गत वर्षको अप्रिलदेखि जुनको तुलनामा ५० प्रतिशतभन्दा बढीले संकुचित भएको छ ।
दक्षिण अफ्रिकाको तथ्यांकमामिला अध्ययन गर्ने सरकारी निकायले हालै सार्वजनिक गरेको तथ्यांकमा उक्त कुरा जनाएको हो ।
“दक्षिण अ।िफ्रकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले संकुचित भएको छ,” दक्षिण अफ्रिकी तथ्यांक विभागले भनेको छ ।
अभूतपूर्व गिरावट आउनुमा महामारीका कारण आएको परिस्थिति जिम्मेवार भएको सरकारी अधिकारीहरूले बताएका छन् । दक्षिण अफ्रिकाले महामारीबाट आफ्ना नागरिकको सुरक्षाका लागि गत मार्च २७ देखि कडा बन्दाबन्दीको घोषणा गरेको छ । जसका कारण देशैभरि प्रायः आर्थिक गतिविधि बन्द हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्