चीनको हाइपरसोनिक क्षेप्यास्त्र अमेरिकाका लागि पनि खतरा «

चीनको हाइपरसोनिक क्षेप्यास्त्र अमेरिकाका लागि पनि खतरा

चीनको नयाँ हाइपरसोनकि ब्यालेस्टिक क्षेप्यास्त्र अमेरिका, भारत तथा जापानका लागि खतरा भएको बताइएको छ । टोकियोको ‘डिप्लोमेट’ पत्रिकाले गत महिना अमेरिकी जासुसी सुत्रको हवाला दिँदै चीनको जनमुक्ती सेना (पीएलए) ले रकेट फोर्सबाट नयाँ हाइपरसोनिक ग्लाइड व्हीकलको परिक्षण गरेको उल्लेख गरेको छ । यो हतियारलाई डीएफ–१७ नाम दिइएको छ । यसको पहिलो परिक्षण गत नोभेम्बरको १ गरिएको थियो र दोस्रो परिक्षण यसको एक सातापछि गरिप्एको थियो । दुवै परिक्षण सफल भएको पनि बताइएको छ । यो क्षेप्यास्त्र आगामी २०२० सम्म तैनाथ गरिने पनि बताइएको छ । परिक्षणको समयमा यो क्षेप्यास्त्रले १ हजार ४ सय किलोमिटरको दुरी पार गरेको थियो ।
साउथ चाइना मर्निङ पोस्टले पनि मंगलबार बेइजिङका सैन्य विश्लेषक झोउ चेनमिङलाई उद्र्धृत गर्दै लेखेको छ,“पारम्पपरिक ब्यालेस्टिक क्षेप्यास्त्रको तुलनामा एचजीबी जटिल छ र यसलाई खसाल्न पनि सकिदैन ।”
अमेरिका, जापान तथा भारत चीनको एचजीवी प्रविधिको विकाससँग चिन्तित हुन आवश्यक भएको पनि पत्रिकाले लेखेको छ ।
यो हतियार जापानको सैन्य अड्डा तथा भारतको परमाणु रियाक्टरसम्म तुरुन्त तथा सटिकताका साथ पुग्न सक्छ । पीएलएका पूर्व सदस्य साङ झोङपिङले एचजीवीलाई ब्यालेस्टिक क्षेप्यास्त्रले डीएफ–४१ सँग प्रयोग गर्न सक्ने बताएका छन् । यो क्षेप्यास्त्रको मार हान्न सक्ने क्षमता १२ हजार किलोमिटरसम्म रहेको छ । यो क्षेप्यास्त्र १ घन्टाको अवधिमा अमेरिकाको कुनै पनि भू–भाग सम्म पुग्न सक्छ ।
थाडलाई पनि ध्वस्त पार्न सक्षम
मकाउका सैन्य पर्यवेक्षक एन्टोनी वाङ डोङले भनेका छन्,“यो एचजीवी अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली थाडलाई ध्वस्त पार्न सक्छ ।” उत्तर कोरियाको हमलाबाट बच्नका लागि दक्षिण कोरियामा यो थाड प्रविधि तैनाथ गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्