रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, आजबाट कारोबार सुरु हुने «

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, आजबाट कारोबार सुरु हुने

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । भदौ ४ देखि ८ गतेसम्म सर्वसाधारणमा प्रारम्भिक निष्कासनमार्फत जारी गरेको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १०० रुपैयाँ अंकित मूल्यको ६३ लाख कित्ता साधारण सेयरसहित कुल २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो । सेयर सूचीकृतसम्बन्धी सम्झौतामा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका छन् ।
नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएसँगै मंललबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । नेप्सेमा कम्पनीको सेयर आरएलआई कोडबाट कारोबार हुनेछ । कम्पनीले पहिलो कारोबारको लागि पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ रेन्ज पाएको छ।
रिलायन्स लाइफले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्न, सेयर दाखिल खारेज गर्न, नामसारी गर्नलगायत सेयरधनीहरुको लगत अद्यावधिक राख्नेसम्बन्धी सम्पूर्ण काम कारबाही गर्न सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारका रुपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्