के ट्रम्पले राष्ट्रपति हुँदा गरेको वाचा पुरा गरे ? २० हजार भन्दा बढी झुठ बोले «

के ट्रम्पले राष्ट्रपति हुँदा गरेको वाचा पुरा गरे ? २० हजार भन्दा बढी झुठ बोले

वासिङटन-२०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपति पदको उमेद्वारको रुपमा २८० वाचा गरेको वासिङटन पोष्टले जनाएको छ । तर, ट्रम्पले भने आफुले गरेको वाचा पुरा गरेको दावी गरेका छन् । उमेद्वारी र राष्ट्रपतिको रुपमा उनले १५ ठूला वाचा गरेक थिए । ती के के हुन् त ?
१.१६ जून २०१५ः देशको दक्षिणी सीमामा ठूलो पर्खाल बनाउछु । यसको खर्च मेक्सिकोले तिर्नेछ ।
ट्रम्पले ३१७४ किलोमीटर सीमामा केबल ४९१ किमीको पर्खाल बनाएका छन् । कयौ ठाउँमा पहिलेदेखिनै अवरोध रहदै आएको थियो । कही ठाउँ यस्ता छन् जहाँ केबल गाडि रोकिन्छन् । मानिस सजिलै बाहिरिन सक्छन् ।
एक माइल पर्खालाको लागत ३ करोड डलर लाग्छ । मेक्सिकोले यो रकम दिँदैन । अर्थात पैसा अमेरिकी करदातको खल्तीबाट जानेछ ।
२.२९ जुलाई २०१५ः हामी अवैध आप्रवासीलााई खोज्छौ र अमेरिकाबाट धपाउछौ
ट्रम्पले ३ वर्षमा करिब ७ लाख ५० हजार अवैध आप्रवासीलाई उनीहरुकै देशमा फर्काएका छन् । यिनीहरु मध्ये धेरैजसो अमेरिकामा घुसपैठ गर्ने प्रयास गरिरहेका थिए । उनीहरु अमेरिकामै बसिरहेका मध्येका थिएनन् ।
उनले कहिले पनि यी आप्रवासीलाई निकाल्ने कोशिश गरेनन् । केबल डरको अवस्था पैदा गरे । आप्रवासीको बच्चालाई उनीहरुबाट छुट्याइएको थियो । यसबाबाट आप्रवासीको संख्यामा केही कमी आएको थियो । ओबामाले तीव वर्षमा जति आप्रवासीलाई निकालेका थिए, ट्रम्पले तीन वर्षमा त्यती आप्रवासीलाई निकाल्न सकेनन् ।
३. २१ जुलाई, २०१६ः कानुनी व्यवस्थाको पालना गराउनेछु, अपराध र हिंसा छिट्टै अन्त्य हुनेछ । २० जनवरी २०१७ सम्म सुरक्षा कायम हुनेछ
ट्रम्प स्वयंले आपूm कानुनी व्यवस्था कायम राख्न असफल भएको स्वीकार गरेका छन् । २७ अगस्ट २०२० मा उनी आपैmले सडकमा हिंसाको खतरा भएको बताएका थिए ।
४. २१ जुलाई, २०१६ः ओबामा केयर समाप्त गर्ने र अर्को योजना ल्याउने छु ।
ट्रम्पले ओबामाको हेल्थ केयर कार्यक्रम समाप्त गर्न सकेनन् । यसलाई फेर्नका लागि कानुनी कारबाही गरिरहेको उनले बताए । तर, यसको सट्टा कस्तो योजना ल्याउने उनले कहिले पनि बताएनन् ।
५.१६ जून, २०१५ः सर्वाधिक रोजगारी दिने राष्ट्रपति बन्ने छु
सुरुमा ओबामा प्रशासन जत्तिकै रोजगारी पनि उपलव्ध भएन । कोरोनाले भएकाको रोजगारी पनि गुम्यो । ट्रम्पले पद सुरु गरेपछि हाल सम्म ५० लाख बेरोजगार भइसकेका छन् । यो कुनै पनि अमेरिकी राष्ट्रपतिको तुलनामा सर्वाधिक खराब रेकर्ड हो ।
६.२० मार्च, २०१६ः न्यायधीको नियुक्ती गर्न गइरहेको छु
ट्रम्पले अमेरिकामा कयौ न्यायधीशको नियुक्ती गरेका छन् । यो उनको सफलता हो । तर उनको यो काममा सीनेटका बहुमत प्राप्त लीडर म्याक्केनले सहयोग गरेनन् । उनले ओबामाको नियुक्तीलाई रोकिदिए ।
७. २१ जुलाई, २०१६ः सत्यताका साथ अमेरिकीको सम्मान गर्नेछु
वासिङटन पोष्टका अनुसार ट्रम्पले हाल सम्म २० हजार भन्दा बढी पटक गलत बयान दिएका छन् ।
८.२१ जुलाई, २०१६ः सडक, राजमार्ग, पुल, सुरुङ, विमानस्थल र भाविष्यको रेलमाग बनाउछु
ट्रम्पले कहिले पनि पूर्वाधार विद्येयक पारित गर्ने कोशिशनै गरेनन् ।
९.३१ मार्च, २०१६ः ऋणबाट मुक्ति दिलाउछु
कर्जामा थप वृद्धि भएको छ । यो छिट्टै अमेरिकी अर्थतन्त्रको आकार भन्दा पनि ठूलो हुनेछ । १९६४ यताकै देशमा सर्वाधिक धेरै कर्जा हुने भएको छ ।
१०. १५ अक्टोबर, २०१६ः व्यापार घाटा अन्त्य गर्नेछु
ट्रम्पको कार्यकालमा अमेरिकी व्यापार घाटा ओबामा कार्यकालको भन्दा बढी भएको छ ।
११. २१ जुलाई, २०१६ः सेनालाई पुनः बलियो बनाउछु र पूर्व सैनिकको रेखदेख गर्नेछु
ट्रम्पले सैन्य बजेट बढाए । तर, यसको प्रयोग मेक्सिकोको सीमामा पर्खाल बनाउनमा पनि प्रयोग भएको छ । ओबामाको एक कार्यक्रमलाई पनि विस्तार गरे । जसमा पूर्व सैनिकलाई निजी अस्पतालमा निःशुल्क उपचार गर्ने सुविधा उपलव्ध भएको छ । तर, हालै मात्र ट्रम्पमाथि मारिएका सेनालाई हरुवा भनेको आरोप पनि लागेको छ ।
१२. २१ जुलाई, २०१६ः आईएसआईएसलाई जित्नेछु
आईएसआईएस बिरुद्धको कारवाही ओबामा प्रशासनले सुरु गरेको थियो । यद्यपि ट्रम्पको समयमा आतंकवादीे ठूलो रुपमा ध्वस्त भएका थिए । तर, हाल सम्म पनि आईएसआईएसको गतिविधि पूरै रुपमा समाप्त भएको छैन ।
१३. ३ मे, २०१७ः इजरायल र प्यालेस्टाइनबीच शान्ति चाहन्छु
इजरायल र प्यालेस्टाइनबीचको सम्बन्ध अभैm पनि पहिलेको जस्तै छ । तर, अरब देश जस्तै यूएईसँगको सम्बन्धमा सुधार आएको छ ।
१४. १६ जून, २०१५ः कुनै पनि अमेरिकी मामिलामा हस्तक्षेप गर्न सक्दैन
रुसले २०१६ मा अमेरिकी चुनावमा हस्तक्षेप ग-यो र २०२० मा पुनः हस्तक्षेप ग¥यो । सिरियामा अमेरिकी सेना घाइते भए । अफगानिस्तानमा तालिबानी आतंकवादीले अमेरिकी जवानलाई मार्नका लागि घूस पनि दिए ।
१५.४ फेब्रुअरी, २०२०ः अघिल्ला राष्ट्रपतिले वाचा पुरा गर्दैनथे, म गर्छु
माथिका वाचाको दृष्टिकोणबाट यसको उक्त हो वा होइनमा छ ।

वासिङटन पोष्ट

प्रतिक्रिया दिनुहोस्