वीरगन्जको कलेजमा कानुन र पत्रकारिताको अध्ययन

वीरगन्ज – वीरगन्ज कलेज प्राईभेट लिमिटेड (बीसीपीएल) कलेजले कानुन र पत्रकारिता विषयमा मोफसलमै पहिलो पटक अध्यापन सुरु गरेको छ । आर्थिक कारोबार बढी हुने नेपालको प्रमुख नाका वीरगन्जमा पछिल्लो पटक कानुन र पत्रकारितामा पनि आकर्षण बढ्न थालेपछि व्यावसायिक रुपमा नै अध्यापनका लागि बीसीपीएलले अध्यापन सुरु गरेको हो ।
२०७१ सालमा स्थापना भएको कलेजले शनिबार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आपूmलाई अनुशासित र अध्ययनशील भएर बजारमा बिक्री योग्य बनाउन सुझाव दिए । सैद्धान्तिक ज्ञान प्राप्तीको लागि मात्रै कलेज रहेकोले बजारमा कसरी आपूmलाई स्थापित गर्न सकिन्छ भन्ने कुरामा विद्यार्थीले ग्रहण गर्ने शिक्षामा भर पर्ने उनले बताए ।
इमान्दारिता र अनुशासन भएन भने जुनसुकै क्षेत्रमा पनि मानिसले सफलता प्राप्त नगर्ने भएकोले कलेज र आपूmलाई पनि स्थापित गर्नको लागि मेहनत र लगनशीलता आवश्यक रहेकोमा उनले जोड दिए । कलेज संस्कारको विकास गर्ने थलो पनि भएकोले आपूmलाई समाजमा कुन संस्कारबाट आएको भन्ने चिनाउनका लागि विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको मेयर सरावगीको भनाइ थियो । कक्षा १२ सम्मको विद्यालय स्थानीय सरकारको मातहतमा आएकोले अब शिक्षाको गुणस्तरमा कुनैपनि सम्झौता नगर्ने सरावगीले बताए ।
कानुन र पत्रकारिताको विषयमा अध्यापन शुरु गरेको कलेजमा अनुभवी र दक्ष प्राध्यापकहरुको समूह रहेको वीरगन्ज कलेज प्रालिले यसवर्षको कक्षा ११ को परीक्षामा ८३.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको कलेजका प्रिन्सिपल विनोद गुप्ताले जानकारी दिए । कलेजमा हाल विभिन्न संकायका गरी ६५० जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
बजेट व्यवस्थापनमा विद्यावारिधी समेत गरेका कलेजका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तेल, दाल, चामल व्यवसायी संघका केन्द्रीय अध्यक्ष तथा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता, नेकपाका केन्द्रीय सदस्य दिनेश राई, राजपा नेपालका सहमहासचिव नेजामुद्दीन समानी लगायतले शुभकामना व्यक्त गरेका थिए ।