आगलागीबाट १ करोड बढीको क्षति «

आगलागीबाट १ करोड बढीको क्षति

जुम्ला- चन्दननाथ नगरपालिका–५ निवासी देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ । शुक्रबार बिहान ४ बजे भएको आलगाीबाट मुख्यबजारमा रहेको देवेन्द्र शर्माको घरसहित छेउमै रहेको लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४० लाख ५८ हजार १ सय बराबरको भौतिक क्षति भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट घरधनी देवेन्द्र शर्माको ३८ लाख ८२ हजार क्षति भएको छ भने सोही घरमा भाडा लिएर खाद्यान्न व्यवसाय गरिरहेका राष्टु कठायतको आस्था जनरल स्टोरको गोदाममा आगलागी हुँदा ५० लाखको क्षति भएको हो । गोदामा राखिएको खुद्रा, खाद्यान्न सामग्री, इलेक्ट्रोनिक सामान ल्याप्टप, कम्प्युटर, फर्निचर, प्रिन्टरलगायतका सबै सामान जलेर नष्ट भएका छन् ।
आगलागीले देवेन्द्र शर्माकै छेउमा रहेको लविनध्वज खाँडको घरमा समेत आगो सल्किँदा २ लाख, सोही घरमा भाडा लिएर कपडा पसल गरिरहेका पदमराज चौलागार्इंको प्रकृति सपिङ सेन्टरमा, ६ लाख, त्यस्तै जनकध्वज खाँडको घरमा ५० हजार, सोही घरमा भाडामा पसल गर्ने अनुपम कपडा पसलको १ लाख गरी जम्मा ११ करोड ४० लाखको क्षति भएको प्रहरी सहायक निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
बेलैमा आएको चन्दननाथ नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयको सक्रियताले मुख्यबजार आगलागी हुनबाट जोगिएको हो । सोलार व्याट्री सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । खलंगामा तीन दिनदेखि बत्ती नआएको र घरमा पनि कोही नभएको अवस्थामा रहस्यमय तरिकाले आगलागी भएकाले अनुसन्धान भइरहेको डीएसपी लालबहादुर धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्