अमेजनको ‘एआई रिक्रुटमेन्ट टुल’ «

अमेजनको ‘एआई रिक्रुटमेन्ट टुल’

कृत्रिम बौद्धिकताको प्रयोग गरी बनाइएको मेसिन पनि पूर्वाग्रही हुन सक्ने देखिएको छ । अमेरिकाको खुद्रा व्यापार कम्पनी अमेजनको एक एआई मेसिनले यस्तो संकेत दिएको छ ।
अमेजनले कामदार छान्नका लागि एआई जडित कामदार भर्ना गर्ने उपकरण बनाउन लगाएको थियो । त्यो एआई प्रविधि जडान गरिएको कामदार भर्ना उपकरण (रिक्रुटमेन्ट टुल)ले लैंगिक पूर्वाग्रहीको संकेत दर्शायो ।
अमेजनमा महिला पुरूष दुवै काम गरिरहेका छन् । त्यहाँको भर्ना गर्ने अधिकारीले महिला पुरूषको अनुपात मिलाएर कामदार भर्ना गरेका छन् । तर एआई जडित रिक्रुटमेन्ट टुलले कामदार छान्दा पुरूषलाई मात्रै छानेको पाइयो । विगत दश वर्षका आवेदनहरूको डेटाका आधारमा त्यो उपकरणलाई कामदार छान्न प्रशिक्षित गरिएको थियो । त्यो उपकरणले आधिकांश पुरूषहरूलाई छान्यो ।
कामदार छनौटका लागि यो रिक्रुटमेन्ट टुलको प्रयोग गरी गर्न लगाइएको सिफारिसमा पुरूष उम्मेदवारलाई मात्र काममा लगाएको देखिएपछि कम्पनीले यो एआई रिक्रुटमेन्ट टुललाई त्यो कामबाट हटाएको छ । यो घटनाप्रति अमेजनले भने केही प्रतिक्रिया जनाएको छैन । पाँच सदस्यीय एक प्रशिक्षक टोलीले मेसिनलाई सन् २०१४ देखि सिकाउन शुरू गरेको थियो ।
यी प्रशिक्षकहरू मध्ये आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा एकले यो जानकारी दिएका हुन् । अमेजन कम्पनीमा ६० पुरूष र ४० महिला कामदारको अनुपात अहिले छ ।

प्रतिक्रिया दिनुहोस्