किमलाई ट्रम्पको जवाफः ‘मसँग झन ठूलो परमाणु बटन छ’ «

किमलाई ट्रम्पको जवाफः ‘मसँग झन ठूलो परमाणु बटन छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग झन ठूलो परमाणु बटन भएको जवाफ फर्काएका छन् । दुई मुलुकबीचको तनाव उत्कर्षमा पुगेको समयमा किमलाई अमेरिकाको परमाणु क्षमताको बारेमा जाकारी गराउदै यस्तो जवाफ फर्काएका हुन् ।
“उत्तर कोरियाली नेता किम जोङ उनले हालै मात्र आफ्नो टेबुलमा परमाणु बटन भएको बताएका थिए । खाद्यान्नको अभाव भएको र गरिबीमा रहेको मुलुकका कोहीले किमलाई जानकारी गराउन कि मसँग पनि परमाणु बटन छ । तर यो किमसँग भएको तुलनामा धेरै ठूलो र बढी सक्तिशाली छ । बटनले काम पनि गर्छ,” ट्रम्पले ट्विट गरेका छन् ।
किमले सोमबार आफ्नो वार्षिक नयाँ वर्षको सम्बोधनको क्रममा भनेका थिए,“ पुरै अमेरिका हाम्रो परमाणु हतियारको पहपुँचमा रहेको छ र परमाणु बटन सधै आफ्नो कार्यालयको टेबुलम रहेको छ । उनीहरुले वास्तवमै यसप्रति सचेत हुनु आवश्यक छ कि यो चेतावनी मात्रै होइन वास्तविकता हो ।”
आफ्नो सम्बोधनको क्रममा किमले दक्षिण कोरियासँग आफू शान्तिपूर्ण समाधनको पक्षम रहेको ब ताएका थिए । उनी अमेरिकालाई चेतावनी दिने आक्रामक शैलीबाट दक्षिण कोरियाप्रति भने थोरै नरमा देखिएका थिए ।
दक्षिण कोरियाप्रतिको न्यानो अभिवादन सायद राम्रो समाचार हुन सक्ने आफ्नो मंगलबारको ट्विटमा ट्रम्पले बताएकमा छन् । उनले उत्तर कोरियामाथिको नाकाबन्दी र अन्य दबाब भने कायमै रहने बताए ।
ह्वाइट हाउसको पत्रकार सम्मेलनको अवसरमा प्रेस सचिन साराहा स्यान्डर्सले उत्तर कोरियाप्रतिको अमेरिकी विधिका कुनै परिवर्तन नआएको बताइन् । अमेरिकाले उत्तर कोरियालाई विश्वको त्रासको रुपमा हेरेको र आफ्नो प्रयासमा अन्तर्राष्ट्रिय समन्वको आवश्यकता रहेको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्