कम पिऊँ मदिरा «

कम पिऊँ मदिरा

 हिन्दूहरुको महान चार्ड बडादसैं नजिकिँदै गर्दा मानिसको चहलपहल बढ्दै गएको छ । दसैं मनाउने परम्परा एकै भए पनि यो बेला खाने, पिउने र जिउने शैली भने मानिसको रुचीअनुसार फरक फरक हुने गरेको छ ।
मानिसको हैसियत अनुसार मनाउने तरिका एकरुपता भएपनि खाने लगाउने विषयमा भने आम नेपालीमा फरकपन रहेको पाउन सकिन्छ । दसैंको धार्मिक महत्वलाई माध्यम बनाएर परिवार जमघट र साथीभाई भेटघाटको मज्जा अन्य बेलासँग तुलना गर्नै मिल्दैन । अन्य कुराको भन्दा पनि दसैंलाई खानपानसँग जोडेर हेर्ने चलन बढी देखिएको छ ।
दसैं तिहार जस्ता फेष्टिबल सुरु हुनु अगाीड नै मानिसहरुबिच यसलाई कसरी मनाउने भन्ने व्षियमा चर्चा हुने गरेको देखिन्छ । दसैंलाई कसरी मनाउने भन्नेबारे धार्मिक महत्व आफ्नै प्रकारको रहेको छ र यसलाई सबैले स्विकार पनि गरेको पाईन्छ । तर समयसँगै दसैंलाई अझ रसिक र आत्मिय बनाउन फरक फरक प्रकारका खानपानका परिकार थपिँदै गएका छन् । यस्तो बेलाको खानपिनमा व्यक्तिको रोजाईले प्रथामिकता पाउँछ । दसैंमा अन्य बेला जस्तो दालभात, तरकारी र अचार जस्ता नियमित भोजन नै खानुपर्छ भन्ने छैन । यहाँ चर्चा गर्न खोजिएको नेपालीमाझ पेय संस्कृतीको रुपमा भित्रिएको मदिराको प्रयोग हो । स्वास्थ्य र धार्मिक कारण मदिरा सबैले पिउँदैनन् । तर पिउनेलाई पनि यो बेला रोकटोक हुँदैन । कहिलेकाही वियर, वाईन र तथा हार्ड ड्रिंक्स पिउनेका लागि पनि दसैं मदिरा पिउने लाइसेन्सको रुपमा मान्ने गरिएको छ । नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसी कहिलेकाहीँ मदिरा पिउने मानिसले पनि दसैंको बेलामा पिउने गरेका कारण अन्य समयभन्दा दसैं जस्ता चाडबाडमा मदिराको कारोबार बढी हुने बताउँछन् । “अन्य महिनाको तुलनामा दसैंमा दोब्बर बढी मदिरा बिक्री हुने गरेको छ,” उनले भने “दसैं तिहार जस्ता फेष्टिवलमा मदिराको कारोबार बढ्ने गरेको छ ।”
नेपाली समाजमा स्वास्थ्य र अन्य कारणले मदिरालाई झट्टै स्विकार नगरेपनि मदिरा जबरजस्त संस्कारका रुपमा भित्रिएको छ । यदाकदा मदिरा पिउनेले पनि रमाईलो र लामो समयपछि साथीभाई तथा परिवार भेटघाट भन्दै दसैंमा १÷२ प्याक घुट्क्याउने गरेको पाईन्छ । नियमित रुपमा अधिक मदिरा पिउँदा मानव स्वास्थ्यमा असर पर्ने भएपनि नेपालीले कुनै न कुनै बहानामा मदिरा पिउने दरलाई बढाएको देखिन्छ । तथ्यांककै कुरा गर्दा हरेक वर्ष मदिरा पिउने मानिसको संख्या बढिरहेको छ । नेपाल मदिरा उत्पादन संघका अनुसार पेय पदार्थको तुलनामा वाइनको उत्पादन दोब्बर भन्दा बढीले वृद्धि भएको छ । योे तथ्यांकलाई हेर्दा कुनै न कुनै बहानामा वाइन पिउने नेपालीको संख्या बढ्दै गईरहेको छ भन्ने बुझ्न सकिन्छ । नेपाली समाजमा वाईन कसले बढी पिउँछन् त भन्ने विषय अर्को सामाजिक विश्लेषण हुन सक्ला । जे भएपनि नेपाली समाजले बिस्तारै मदिरा संस्कृतिलाई स्विकार गरेको प्रष्ट भईसकेको छ । यसरी नै बियर उत्पादनको वृद्धिलाई हेर्दा नेपालीले पनि तिर्खा लाग्दा पानीको विकल्प खोज्दैछन् भन्ने भ्रम पर्न सक्छ । नेपालमा वर्षेनी बियर बजारको वृद्धि ३० प्रतिशतले बढ्दै गरेको तथ्य संघसँग रहेको छ । बियर उत्पादनलाई हेर्दा पनि नेपालमा बियर पारखीको संख्या कम छैन भन्ने अनुमान लगाउन सकिन्छ । मदिरा उत्पादनको तथ्यांकलाई हेर्दा मानव स्वास्थ्यका हिसाबले खुशी हुनुपर्ने अर्को कारण पनि छ । बढी अल्कोहल भएका रक्सीको उत्पादन वृद्धिदर भने अन्य २ वटाको तुलनामा कम रहेको छ । बढी अल्कोहल भएका मदिराले मानिसको स्वास्थ्यमा छिटो र बढी असर गर्ने गरेको छ । अल्कोहलको मात्र बढी भएका मदिराको उत्पादन वृद्धिदर २० प्रतिशतमात्र रहेको देखिन्छ ।
नेपालमा हालसम्म ८० वटा भन्दा बढी मदिराजन्य पेयपदार्थ उत्पादन गर्ने कम्पनी दर्ता भएका छन् । यसमध्ये पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने ७० भन्दा बढी कम्पनी मात्र संचालनमा रहेका छन् । मदिरा पिउनेका लागि सिकारु पेय पदार्थको रुपमा नेपालमा परिचित बियर उत्पादन गर्ने कम्पनी अहिले बढेर १ दर्जन भन्दा बढी पुगिसकेका छन् । आम नेपालीले मदिरा पिउने बानी वियरबाट शुरु गरेर कडा मदिरा (हार्ड डिं«क्स) मा पु¥याएर अन्त्य गर्ने गरेको देखिन्छ । यसरी पछिल्लो समय नेपाली समाजको आम पेय पदार्थको रुपमा भित्रिएको वाईन उत्पादन गर्ने कम्पनीको संख्या पनि बढेर ४० भन्दा बढी पुगेको छ । अधिकांश वाईन फलपूmलबाट बन्ने गरेका कारण फलपूmलको नाम लिँदै पिउने वाईन पारखीहरुको संख्या आश्र्चयजनक रुपमा बढेको छ ।
नेपालीको सामाजिक हैसियत र आम्दानीका आधार बढ्दै गएर होला, नेपालीले एक वर्षमा मदिराका लागि ९० अर्ब भन्दा बढी खर्च गर्ने गरेको देखिन्छ । अघिल्लो वर्षको तथ्यांक अनुसार नेपालमा नै उत्पादन हुने नेपाली मदिराको बजार ७८ अर्ब रहेको छ । यस मध्येको केही हिस्सा विदेशमा निर्यात हुने नेपाली मदिराले पनि ओगटेको छ । विदेश निर्यात हुने अधिकांश नेपाली मदिराको उपभोक्ता भने विदेशमा रहेका नेपाली नै हुने गरेका छन् । मदिराको लागि नेपालीले खर्च गरेको ५५ प्रतिशत पैसा भने विभिन्न प्रकारको करमार्पmत् सरकारको ढुकुटीमा जाने गरेको छ । सरकारले मदिरा कारोबारमा अन्तःशुल्क, आयकर, कच्चा पदार्थ भन्सारको शिर्षकमा आधा भन्दा बढी लिने गरेको छ । मदिराको सम्पूर्ण कारोबारको १३ प्रतिशत वितरणका क्रममा खर्च हुने गरेको छ भने उत्पादकले ३२ प्रतिशत मात्र पाउने गरेका छन् । मदिरा उत्पादनमा ठूलो कारोबार हुने गरेपनि लगानीकर्ताको हातमा भने न्यून मात्रामा प्रतिफल हात पर्ने गरेको छ ।

धेरै मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक
मदिरा उत्पादनदरको वृद्धिलाई हेर्दा मदिरा प्रयोगकर्ता बढेको देखिन्छ । मदिरा प्रयोगकर्ता बढ्नु भनेको रोगीको संख्या पनि विस्तारै बढ्दै गएको भन्ने हो । मदिराको अधिक सेवनले कलेजो र मृगौलामा क्यान्सर हुने देखिएका कारण मदिराको प्रयोग गर्नु हुँदैन र अरुलाई पनि मदिराको तलबाट टाढै राख्न सामाजिक अभियान संचालन गर्नु पर्ने देखिएको छ । न्यून आम्दानी भएका मानिसले कम गुणस्तरको मदिरा सेवन गर्दा स्वास्थ्य र परिवारको आम्दानी रक्सीमा खर्च हुने र परिवारीक समस्या आउने गरेको छ । नेपालमा मदिरा उत्पादनदर वृद्धिलाई बढ्दो जनसंख्यासँग सन्तुलन गर्ने गरिएको भए पनि जनसंख्या वृद्धिदर भन्दा उत्पादनको दर आकर्षक देखिन्छ । मानिसको स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले मदिराको प्रयोग र उपभोगलाई नियन्त्रण गर्न बेला बेलामा विभिन्न नियमहरु लगाउँदै आएको छ । सरकारले जनस्वास्थ्यमा प्रत्यक्ष सरोकार रााख्ने मदिराको अनुगमन भने दसैंको मुखमा मात्र गर्ने गरेको छ । जनताको स्वास्थ्य सेवाका लागि सरकारी दायित्व बढ्दै जान थालेपछि यसको नियन्त्रणका लागि मदिराको प्रयोग र उपभोगलाई नियन्त्रण गर्ने योजना अघि बढाएको पाईन्छ । सरकारले पनि कर तथा अन्य आम्दानीको लोभमा जथाभावी मदिरा उत्पादन अनुमती दिने गरेको छ । मदिराका कारण सामाजिक र स्वास्थ्य समस्याका कारण कतिपय देशले मदिरा उत्पादन र प्रयोगलाई पूर्णरुपमा रोक लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्