३९ अर्ब डलरका साथ ‘मा’ फेरी चीनकै धनी «

३९ अर्ब डलरका साथ ‘मा’ फेरी चीनकै धनी

बेइजिङ-ई–कमर्श कम्पनी अलिबाबाका संस्थापक ज्याक मा पुनः अर्को पटक चीनकै धनी भएका छन् । उनी र उनको परिवारको कुल सम्पत्रि ३९ अर्ब डलर रहेको हुरुन रिच लिस्ट २०१८को पछिल्लो भर्सनले देखाएको छ ।
५४ वर्षिय माले गत महिना ४२० अर्ब डलरको आफ्नो फर्मको कार्यकारी अध्यक्षबाट अवकास लिने आश्चर्यजनक घोषणा गरेका थिए । उनीपछि चीनको धनीमा चिनियाँ सम्पत्ति क्षेत्रका मुगल सु जियायीन रहेका छन् ।
माले अलिबाबाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डानियल झाङलाई आफ्नो उत्तराधिकारीको रुपमा चयन गरेका छन् । उनले आगामी वर्षको सेप्टेम्बरदेखि अलिबाबाको प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् । जिम्मेवारीको सहज र सफल हस्तान्तरणका लागि माले १ वर्षसम्मको अवधिमा अलिबाबाको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।
२७० अर्ब युआन अर्थात् ३९ अर्ब डलरको सम्पत्ति सहित ज्याक मा परिवार चीनकै धनी भएको हो । यो परिवारे इभरग्रान्डेका अध्यक्ष सु जियायीनलाई पछाडि पारेको हो । जियायीनको सम्पत्तिमा ४० अर्ब युयानले कमी आएर २५० अर्ब युआन अर्थात ३६ अर्ब डलर कायम भएको राज्य स्वामित्वको सञ्चार माध्यम चाइना डेलीले बुधबार जनाएको छ ।
चिनियाँ इन्टरनेट कम्पनी टेनसेन्टका अध्यक्ष र सीईओ मा हुवाटेङ यो वर्षको सूचीमा तेस्रो स्थानमा परेका छन् । उनको सम्पत्ति २४० अर्ब युआन अर्थात् ३४ अर्ब डलर रहेको छ ।
चीनकै महिला मध्येको धनी याङ हुइयान १५० अर्ब युआन अर्थात् २१ अर्ब डलरको सम्पत्ति सहति चीनकै चौथो धनी भएकि छन् ।

प्रतिक्रिया दिनुहोस्