विश्व असमानता सूचीमा भारत पुछारमा «

विश्व असमानता सूचीमा भारत पुछारमा

लन्डन-आफ्नो मुलुकको जनसंख्यामा असमानता कम गर्ने मामिलामा भारत पुछारका १० मुलुकमा परेको मंगलबार सार्वजनिक गरिएको नयाँ विश्वव्यापी सूचकले देखाएको छ ।
बेलायतमा रहेको परोपकारी संस्थाको अक्सफामको सीआरआई सूचीमा १५७ मुलुक मध्ये भारत १४७ औं स्थानमा परेको छ । १.३ अर्ब जनसंख्या रहेको मुलुकमा हाल पनि अधिकांश नागरिक चरम गरिबीबा बाचिरहेका छन् ।
“यदी भारतले असमानतालाई एक तिहाइले मात्रै घटाएको भए १७ करोड मानिस गरिब नरहने अक्सफामको निश्कर्ष छ,” सूचीले देखाएको छ ।
“स्वास्थ्य, शिक्षा र सामाजि सुरक्षामा सरकारे गरेको खर्च न्यून रहेको छ । नागरिक समाजले लगातार खर्च बढाउनका लागि अभियाननै चलाउदै आएको छ,” प्रतिवेदनमा उल्लेख छ ।
वार्षिक सूचीको दोस्रो संस्करणले दक्षिण कोरिया, नामिबिया र उरुगुवेले असमानता हटाउनका लागि बलियो कदम चालेको देखाएको छ । यद्यपि समग्रमा भारत र नाइजेयिरया जस्ता मुलुकले यो विषयमा खराब भूमिका प्रदर्शन गरेका छन् । धनी मुलुक मध्ये असमानताको अन्तर घटाउने मामिलाम अमेरिकाको प्रतिबद्धतामा अभाव भएको अक्सफामले जनाएको छ ।
भारतमा दस्तावेज उपयुक्त किसिमको भएपनि व्यवहारमा धेरैजसो प्रगतीशिल कर प्रणाली अप्रभावकारी देखिएको छ । धनीहरुको कर संकलन नगरिएको अक्सफामले जनाएको छ ।
मजदुरको अधिकार र कार्यथलोमा महिलाको सम्मानको विषयमा पनि भारतको भूमिका निराशाजनक देखिएको छ । भारतको बहुसंख्यक श्रमबल कृषि र अनौपचारिक क्षेत्रमा कार्यरत रहदै आएका छन् । यो क्षेत्रमा मजदुर संगठन र लैंगिक अधिकारको कार्यान्वयनको अभाव खड्किएको छ ।
यो सूची सूचकहरुको नयाँ तथ्यांकमा आधारित रहेको छ । यो सूचीले हाल १५७ मुलुकलाई समेटेको छ । यसले सामाजिक खर्च, कर र मजदुरको अधिकार जस्ता क्षेत्रमा सरकारको कदमको मापन गरेको छ । यो तीन क्षेत्र असमानता कम गर्नका लागि संवेदनशील भएको पाइएको छ ।
सूचीको शीर्ष स्थानमा डेनमार्क रहेको छ । उच्च र प्रगतीशिल कर, उच्च सामाजिक खर्च र कामदारको राम्रो सुरक्षा जस्ता अवस्थामा राम्रो भूमिक निर्वाहा गरेकाले डेनमार्क सूचीको पहिलो स्थानमा परेको हो ।
एसियाली मुलुक मध्ये शीर्ष स्थानमा परेको जापान सूचीको ११ औं स्थानमा रहेको छ । समग्रमा ५६ औं स्थानमा परेको मुलुक दक्षिण कोरियाका राष्ट्रपतिले यो प्रतिवेदनको प्रशंसा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्