दसैंका लागि दैनिक ५ टन बढी मासु बजारमा «

दसैंका लागि दैनिक ५ टन बढी मासु बजारमा

रुपन्देही-अष्ट्रिच नेपाल प्राली रुपन्देहीले यस वर्षको दसै पर्वका लागि लक्षित गरी दैनिक ५ टन (५ हजार किलो दैनिक) अष्ट्रिच चराको मासु बिक्रीका लागि बजारमा पठाउन तयारी सुरू गरेको छ । अघिल्लो वर्षको दसैंमा १ लाख केजीको हाराहारीमा पठाएका थियौं, अहिले पनि सोही अनुपातमा मासु बिक्रीका लागि बजार पठाउन सुरु भइसकेको छ, अष्ट्रिच नेपाल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक सीपी शर्माले भने । बजारमा पठाउनका लागि मासु तयार हुने क्रम जारी रहेको र तयार भएका मासुहरू बजारतर्फ बिक्रीका लागि गैसकेको शर्माले बताए । अष्ट्रिच लाई व्यवस्थित बधशालामा काटेर राम्रोसँग प्रशोधन गरी छाला छुट्टयाएर त्यस्लाई प्याकेजिंग गरी डिप फ्रिजमा राखेर बजारमा बिक्रीका लागि पठाइने गरेको प्रबन्ध निर्देशक शर्माले बताए ।
अहिले खसीको रेड मिटका बिकल्पका रूपमा अष्ट्रिचको मासुको प्रयोगकर्ताहरू बढिरहेका छन् । अष्ट्रिच नेपाल प्रालिले विगत ५ वर्षदेखि लगातार दशैं पर्वलाई लक्षित गरी मासु बिक्री गर्दै आएको छ । तीन वर्षअघिसम्म दसैंमा मात्र बिक्री बढी हुने अष्ट्रिच चराको मासु अहिले सबै सिजनमा बिक्री हुने गरेको छ, शर्माले भने ।
दसैं, तिहार जस्ता पर्वहरूमा आम उपभोक्ताले सर्बसुलभ रूपमा अष्ट्रिच चराको मासु खरिद गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले देशका प्रायः सबै सहरमा साना ठूला डिपार्टमेन्टल स्टोर, मार्टहरू जस्तै भाटभटेनीका सबै स्टोरहरूका साथै व्यवस्थित फ्रेस हाउसहरूमा सहज रूपमा उपलब्ध हुने कम्पनीका दधिराम सुबेदीले बताए ।
देशका प्रमुख सहरमा रहेका भाटभटेनी डिपार्टमेन्टल स्टोरहरू, काठमाडांैको बिगमार्ट तथा अन्य डिपार्ट मेन्टल स्टोर, साना ठूला मार्टहरू र नाम चलेका फ्रेस हाउसमा सहजै पाइनेछ भने बुटवलको भाटभटेनी स्टोर, कंगारू फ्रेस हाउस, क्वालिटी फ्रेस हाउस, बुटवल सपिङ, भैरहवाको सानु डिपार्टमेन्टल स्टोरलगायतका स्थानमा उपलब्ध रहेको अध्यक्ष शर्माले जानकारी दिए । पूर्वमा काँकडभित्तादेखि सुदूरपश्चिममा धनगढीसम्म अष्ट्रिचको मासु बिक्री वितरणाक लागि जाने गरेको छ ।
दसैंका लागि कम्पनिले अष्ट्रिचकोे मासुको एक केजी प्याकको १५ सय ९० रुपैयाँ (बोनलेस फलमासु) र हड्डीसहितको मासु ९ सय ७० रूपैयाँ कायम गरेको छ । त्यस्तै गरी भुटुवा ५ सय रुपैयाँ प्रतिकिलो र १४ सय रुपैयाँ किलोमा मोमोको किमा तथा ६ हजार रुपैयाँ प्रतिकिलोमा सुकुटी मासु र अन्डा प्रतिगोटा २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । मासु र भुटुवाहरू आधा केजिको प्याकेटमा समेत उपलब्ध छन् ।
दसैंका लागि कम्पनीले बिक्री स्टोरहरूको सहकार्यमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ भने कम्पनीकै बिक्री कक्षबाट खरिद गर्दासमेत १० प्रतिशत छुट हुने जनाएको छ । अष्ट्रिच चराको मुख्य फाम रूपन्देहीको तिलोत्तमा नगरपालिकाको गंगोलियामा छ भने दाङमा पनि सहायक फर्म छ । दुवैतर्फ गरी अहिले बच्चा, माउ तथा बयस्क गरी ६ हजार अष्ट्रिच चरा रहेका छन् । तीमध्ये २ हजार खान लायक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्