स्वर्गीय गौचनको स्मृतिमा महासंघमा स्मृति सभा «

स्वर्गीय गौचनको स्मृतिमा महासंघमा स्मृति सभा

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष स्वर्गीय शरदुकमार गौचनको स्मृतिमा मंगलबार महासंघ सचिवालयमा एक कार्यक्रम गरियो । कार्यक्रममा वक्ताहरूले नेपालको निर्माण व्यवसाय क्षेत्रमा गौचनको योगदान अविस्मरणीय रहेको बताए । गौचनको हत्यामा संलग्न सबै जना अहिलेसम्म पक्राउ नपरेको भन्दै उनीहरूले दोषी सबैलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न मागसमेत गरे ।
महासंघका अध्यक्ष रवि सिंहले नेपालको निर्माण क्षेत्रलाई समृद्ध बनाउन गौचनको कार्यकालमा हुन नसकेका कामलाई आफ्नो नेतृत्वको वर्तमान कार्य समितिले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । महासंघका सल्लाहकार समेत रहनु भएका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले गौचनको हत्यामा संलग्न सबै जना अझै पक्राउ नपर्नु चिन्ताको विषय भएको टिप्पणी गरे । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डेले निर्माण व्यवसायीहरूको हितमा गौचनले निर्वाह गरे भूमिका सबैका लागि प्रेरणादायी भएको बताए । महासचिव रोशनदाहालले गौचनको योगदानलाई महासंघले सधैं स्मरण गरिरहने बताए । उपमहासचिव (नीतिगत) टंक चौलागाईंले गौचनको बाँकी सपना पूरा गर्न सके उहाँप्रति सच्चाश्रद्धाञ्जलि हुने धारणा राखे । कार्यक्रममा गौचन पत्नी आशा गौचन भट्टचनसहित महासंघका पदाधिकारीहरूले महासंघ परिसरमा निर्माण गरिएको गौचनको अर्धकदको शालिकमा माल्र्पापण गरेका थिए । गौचनको ठीक एक वर्षअघि नयाँबानेश्वर शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ सचिवालय आउने क्रममा निवास नजिकै गोली हानी हत्या गरिएको थियो । नेपाल सरकारले उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुका साथै उहाँलाई सहिद घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्