टेलिकमका सबै रिचार्जमा १५ प्रतिशतसम्म बोनस «

टेलिकमका सबै रिचार्जमा १५ प्रतिशतसम्म बोनस

काठमाडौं-नेपाल टेलिकमले दसैंको अवसरमा रिचार्जमा १५ प्रतिशतसम्म बोनस दिने भएको छ । यो योजना असोज २९ देखि कात्तिक ४ गतेसम्म यो योजना लागू हुनेछ । टेलिमकमले जुनसुकै माध्यमबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने जनाएको छ ।
कम्पनीका अनुसार सय र २ सय रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यममार्फत रिचार्ज गर्दा १० प्रतिशत तथा ५ सय र १ हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यमबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । १० प्रतिशतको बोनस ३ दिन भित्र र १५ प्रतिशतको बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ । त्यसैगरी एम्पोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।
कम्पनीले ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने जनाएको छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ । यस्तै, डाटा प्याकअन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिनेछ । ६ सय रुपैयाँमा १५ दिन समयावधिका लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध हुनेछ । सोही प्याक ७ दिन समयावधिका लागि ३ सय रुपैयाँमा पनि उपलब्ध हुनेछ । आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरूको समयावधि कात्तिक ७ गतेसम्म थप गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्