रुस र चीनबाट हुने तस्करीले उत्तर कोरियामा यूएनको प्रतिबन्धको असर न्यून «

रुस र चीनबाट हुने तस्करीले उत्तर कोरियामा यूएनको प्रतिबन्धको असर न्यून

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि आरोप लगाएका छन् कि उसले लुकिछिपी उत्तर कोरियालाई तेलको आपूर्ति गरिरहेको छ । चीनले यस्तो काम गरिरहेको समयमा रंगे हात पक्राउ गरिएको दावी ट्रम्पले गरेका छन् । यो भन्दा पहिले पनि दक्षिण कोरियाले भू–उपग्रहको इमेजको हवाला दिएर चीनको जहाजले उत्तर कोरियाको जहाजमा तेल खन्याइरहेको दावी गरेको थियो । यी सबै क्रियाकलाप जारी हुने हो भने उत्तर कोरियाको समस्याको समाधान कहिले पनि नहुने ट्रम्पले बताएका छन् । अमेरिकाले यो भन्दा पहिले पनि उत्तर कोरिया बिरुद्ध विभिन्न प्रकारका आर्थिक प्रतिबन्ध लगाउदै आएको छ । यसको उत्तर कोरियामा कुनै पनि असर परेको छैन । उसले बारम्बार क्षेप्यास्त्र र आणविक हतियारको परिक्षण गर्दै आएको छ । नयाँ वर्षको सम्बोधनको समयमा किमले परमाणु हतियारको साँचो आफ्नो हातमा भएको र यसले अमेरिकाका सबै मुख्य भू–भागमा आक्रमण गर्न सक्ने बताए सकेका छन् ।
विशेषज्ञका अनुसार संयुक्त राष्ट्र संघको प्रतिबन्धको उत्तर कोरियामा कुनै पनि किसिमको असर पर्ने छैन । किनकी उत्तर कोरियाको व्यापारिक सम्बन्ध विशेषगरी रुस र चीनसँग रहदै आएको छ । यी दुई मुलुकसँग उत्तर कोरियाको कुल व्यापारको ९० प्रतिशत व्यापार कायम रहदै आएको छ ।
पछिल्लो समयमा आएर चीनले उत्तर कोरियालाई गर्दै आएको तेलको आपूर्ति बन्दा गरेको जनाएको छ ।
उत्तर कोरियासँथ चीन तथा रुसले कोइला, फलाम, सीसा ,लत्ताकपडा, रसायन, स्टिल तथा सिमेन्ट लगायतका सामग्री आयात गर्दै आएका छन् । यो नै उत्तर कोरियाको कमाइको सबैभन्दा ठूलो माध्यम बन्दै आएको छ । यसको सट्टामा उत्तर कोरियाले चीन र रुसबाट पेट्रोलियम पदार्थ, मेसिनरी, सैन्य उपकरण, खाद्यान्न लगायतका सामग्री आयात गर्दै आएको छ ।
रुस र चीनका तस्बरीले उत्तर कोरियालाई सहयोग पुग्दै आएको विशेषज्ञहरुले बताउदै आएका छन् । किनभने यी दुई देशको सीमाना उत्तर कोरियासँग जोडिएको छ । रुस र चीनबाट हुने तस्करीका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघको प्रतिबन्धको कुनै पनि असर नपरेको विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्