सिजी मोटोकोर्पलाई ५ अवार्ड «

सिजी मोटोकोर्पलाई ५ अवार्ड

नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स बिक्री वितरण प्रतिसाधन दक्षिण एसिया, २०१७ को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल रह्यो ।
त्यस्तै २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७ को सर्वाधिक बिक्रीवितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल रह्यो । यही २७–२८ सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजित उक्त अवार्ड समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार विक्रेताहरुमध्ये छनोट गरिएको थियो ।
सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले यस अवार्र्ड हाम्रा मूल्यवान् ग्राहकवर्गलाई समर्पण गर्न चाहेको बताए । ग्राहकहरुको यस सुजुकी ब्राण्डसँगको अनुभवलाई अविस्मरणीय बनाउन सहयोग पु-याउने हाम्रो सम्पूर्ण टोलीको योगदान रहेको उनको भनाइ छ । बिक्रीवितरण, सर्भिस तथा स्पेयर पार्ट्सको क्षेत्रमा नवीनता प्रस्तुत गरिरहेको सुजुकी नेपालमा सर्वाधिक बिक्री हुने सवारीसाधन ब्राण्ड हो, जसको नेटवर्क देशका अत्यधिक स्थानमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्